अवेर राति सम्म सेवा दिदै डडेल्धुराकाे परशुराम नगरपालिका

 पदम जाेरा,डडेल्धुरा

 

डडेल्धुराकाे परशुराम नगरपालिकाले राती अबेरसम्म सेवादिन शुरु गरेको छ । नगरपालिकामा गत वैशाख महिनामा नेपाल सरकारका उप–सचिव खडानन्द खत्रि प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएपछि नगरपालिकाले नागरिकहरूको सहजताका लागि सार्वजनिक विदाको दिनसहित अन्य दिनहरूमा पनि राती अबेरसम्म सेवा दिइरहेको परशुराम ४ का भाेजराज वाेहराले बताउनुभयो ।

सरकारी कार्यालयहरूमा विहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्रै सेवा पाइने गर्दछ । तर परशुराम नगरपालिकाले भने सेवाग्राहीको चाप हेरेर नागररिकको सहजताकै लागि आवस्यकता अनुसार राती समेत सेवा दिई रहेकाे स्थानिय डम्मर पाण्डेयले वताए ।

करिव १ महिना प्रमुख प्रशासकीय अधिकृत विहीन परशुराम नगरपालिका भएका कारण समयमै सम्पन्न हुने कामहरू रोकिँदा अहिले पालिकामा सेवाग्राहीहरूको भिडभाड बढ्दै गएको छ ।

पालिकामा प्रमुख प्रशासकीय अधिकृत खडानन्द खत्रि आएपछि अहिले सेवा प्रवाहमा सहज र पार्दशी भएको स्थानीय दिपक बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि हामिलाई सेवा लिन सहज भएको छ । उहाँले सबै कामहहरू हेरेर मात्र काम अनुसार योजनाको भुक्तानी दिनुहुन्छ । सम्झौता स्टमेट अनुसार काम नभएपछि रकम पनि घटाएर भुत्तानी दिनुहुन्छ । नगरपालिकामा बिहान सबेरै काम शुरु भएर अवेर सम्म पनि सेवा पाइने भएकाले सेवाका लागि आफूले कार्यालय समय कुर्नु पर्ने अवस्था छैन ।’ ।

प्रमुख प्रशासकीय अधिकृत खत्रिले आफू नगगरपालिकामा हाजिर भएपछि स्थानीय नागरिकका समस्या समाधान गर्न आवस्यकता अनुसार काम गरिरहेको बताउनुभयो ।

सुरुमा नयाँ  हाकिम साप कागज वढि हेर्ने, याे भएन ,त्याे पुगेन भन्नु  हुन्थ्याे

कानुनि प्रकृयाकाे सहज वाटाे सिकाउनु र प्रकृयामा सहजता ल्याउनु भएको छ,भन्छन परशुराम २ का राजवहादुर वाेहरा ।

याे आर्थिक वर्षकाे आर्थिक काराेवार सेवा मात्रै  २ दिन सम्म हुने नगरपालिकाले जनाएको छ ।

 

 

bb

Leave A Reply

Your email address will not be published.