बाजुरामा कर्णाली नदीमा जीप खस्यो, ४ जनाको मृत्यु

बाजुरा: बाजुराको हिमाली गाउँपालिका–७ मा यात्रुबाहक जीप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ । हिमाली गाउँपालीकाको केन्द्र धुलाचौरदेखि कोल्टी जाँदै गरेको जीप कर्णाली नदीमा खस्दा जीप मालिकसमेत रहेका चालक बाजुरा जगन्नाथ ५ गोत्रीका अन्दाजी २५ वर्षीय रमेश शाहीसहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धव सिंह भाटले जानकारी दिए।

से१च १०६४ नम्बरको जिप नदीमा खसेको हो। घाइते ४ जनाको स्वास्थ्य चौकी कोल्टीमा उपचार भइरहेको छ। एकजना नदीमा हराइरहेका उपरीक्षक भाटले जानकारी दिए।

हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरदेखि कोल्टी जाँदै गरेको जीप दिउँसो साढे १ बजे सडकबाट नदीमा खसेको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। अन्य मृतकहरुको सनाखत हुन सकेको छैन।

bb

Leave A Reply

Your email address will not be published.