पदम जोरा,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिका वडा.न ६ का वडा अध्यक्ष खगेन्द्र बहादुर सिहले स्वास्थ्यकर्मी र शिक्षकलाई पुस्कृत गर्ने निर्णय गर्नु भएको छ ।
वडा.न ६ का बिभिन्न विद्यालयमा कार्यरत शिक्षक र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई कार्यकौशलताका आधारमा पुरुस्कृत गरिने वताए ।
असार १९ गते वडा.न ६ को कार्यालयमा बसेको बैठकको निर्णय अनुसार जनताको स्वास्थ्य र शिक्षामा अनवरत रुपमा खटिने ईमान्दार, उत्कृष्ठ, जनप्रिय कर्मचारीलाई आवश्यक कार्यबिधि अनुसार पुस्कारको व्यवस्था गरिने वताए ।
समाजको ऐनामा रुपमा शिक्षकलाई लिईन्छ, शिक्षकको काधँमा समुदाय छ । तसर्थ उहाँहरु लाई अझै समुदाय र शिक्षा क्षेत्रमा बढि जिम्मेवार बनाउन यो निर्णय गरेको उहाँले वताए ।
पुरुस्कृत मात्र होईन काम नगर्ने, गैर जिम्मेवार कर्मचारीलाई कार्यबिधि अनुसार कारवाहि पनि गरिने उनको भनाई छ ।
शिक्षा र स्वास्थ्य मानवका लागि अति आवश्यक र सम्वेदनशिल क्षेत्रमा नयाँ आयाम कायम गर्न यो प्रयास थालिएको छ, यसरी शिक्षा र स्वास्थ्यमा सुधार आउनेमा आफु विश्वस्त रहेको उनले थपे ।
साकारात्मक सोचका साथ अगाडी वढौं आफु वाटै परिर्वतन गरौ भन्ने ठानी शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि यो प्रयास थालिको अध्यक्ष सिहको भनाई छ ।
पछिल्लो समय नगरपालिकाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्केको जनगुनासो बढेका गुणस्तर सुधारमा यो प्रयासवाट केही सुधार आउने उनले धारणा व्यक्त गरे ।
त्यसै गरि स्वास्थ्य क्षेत्र पनि मानवका लागि अति महत्वपुर्ण र सम्वेदनशिल क्षेत्र हो , जति सक्दो तालिम प्रशिक्षण उपरकण व्यवस्थापन र्गछौं ।
अनि कार्यबिधि अनरुप राम्रो काम गर्ने र उत्कृष्ठ लाई प्रोत्साहन स्वरुप पुरुस्कृत र गैर जिम्मेवारलाई कारवाहीको दायरामा ल्याई सुधार र्गछौं उनले गाउँरघरन्यूज लाई वताए ।
वडा.न ६ का वडा अध्यक्ष खगेन्द्र बहादुर सिह डडेल्धुरा जिल्लामै दोस्रो कार्यकालमा विजयि जनप्रतिनिधि हुन ।
नयाँ र नौला फरक कार्यक्रम सहित जनताको मन जित्न सफल जनप्रतिनिधिका रुपमा उनी विगत भन्दा अहिले झनै जनतामाझ लोकप्रिय बन्दै गएका छन ।
