कृषकलाई बिधुत महशुल छुट अध्यक्ष : खगेन्द्र सिह

पदम जोरा,डडेल्धुरा

डडेल्धुराको परशुराम नगरपालिका वडा.न ६ का वडा अध्यक्ष खगेन्द्र बहादुर सिहले कृषकलाई बिधुत महशुल छुट गरिएको घोषणा गरेकाछन ।
आगामि आर्थिक वर्ष २०८०/०८१ मा वडा.न ६ का सम्पुर्ण कृषि मिटरहरुको बिधुत महशुल निःशुल्क  निर्णय गरिएको जानकारी दिए ।
वडाका नागरिकहरुको आर्थिक अवस्था र बढि भन्दा बढि स्थानिय कृषकहरुलाई कृषि पेषामा आकर्सित गर्न बिधुत महशुल निःशुल्क गरीएको उनले गाउँघरन्यूज लाई जानकारी दिए ।
अन्नको भण्डार डडेल्धुराको भित्रिमधेष, उर्वरभुमी समेत रहेको यहाँका नागरिकहरुमा पछिल्लो समय कृषि पेषा प्रति नैरास्यता बढेकाले कृषकलाई प्रोत्साहन र हौसला स्वरुप बिधुत महशुल निःशुल्क, विउ विजन, बिशादी, उपकरण वितरण संगै नयाँ प्रबिधिको तालिम, सिप दिइने उहाँको भनाई छ ।
वडामा पशु प्राबिधिक त छन सम्भव भए १ जना कृषि जेटिए पदर्पुति गरि कृषि सेवालाई प्रभावकारी वनाईने उहाँको भनाई छ ।
वडा.न ६ का वडा अध्यक्ष खगेन्द्र बहादुर सिह डडेल्धुरा जिल्लामै दोस्रो कार्यकाल विजयि जनप्रतिनिधि हुन ।
नयाँ र नौला फरक कार्यक्रम सहित जनताको मन जित्न सफल जनप्रतिनिधिका रुपमा उनी विगत भन्दा अहिले झनै जनतामाझ लोकप्रिय बन्दै गएका छन ।
जनमुखी काम र सत्यको पक्षमा खुलेर समर्थन गर्ने र असत्यको पक्षमा खुलेर विरोध गर्ने प्रखर र स्पष्ट वक्ता रहेको उहाँ निकट हिक्मत साउँदको भनाई छ ।

bb

Leave A Reply

Your email address will not be published.