
डडेलधुरा : डडेलधुरा पूर्ण खोप सुनिश्चतता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।
शनिबार सुदूरपश्चिम प्रदेशकी उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री गीतादेवी मालले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेकी हुन्।
स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख केशर साउदले बालबालिकाले पाउनुपर्ने खोपका सबै सूचकांक पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा गरिएको बताए।
स्वास्थ्य निर्देशनालय डोटीका निमित्त निर्देशक डा. जगदीश जोशीले जिल्लालाई पूर्ण खोप सुनिश्चतता गराउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। उनले बालबालिकाका लागि खोप उपयुक्त रहेकोले अनिवार्य खोप लगाउनु पर्ने बताए।
