पदम जाेरा,डडेल्धुरा
कैलालीको चुरे गाउँपालिका ५ निङ्लाडिमा कालिज पालन तथा प्रवर्धन र संरक्षण विषयक २ दिने अवलाेकन भ्रमण तथा व्यवसायीक तालिम सम्पन्न भएको छ ।
परशुराम नगरपालिका गरिबी निवारणका लागि लघु उद्म विकास कार्यक्रमकाे आयोजनामा २ दिने अवलाेकन भ्रमण तथा ब्यवसासिक तालिम सम्पन्न भएको हाे ।
चुरे ५ निङगलाडिका कालिज पालक विकास न्यौपानेकाे सु.प. कालिज फर्मकाे अवलोकन गरि २ दिने तालिम सम्पन्न गरिएको नगरपालिकाका याेजना अधिकृत कृष्णदेव जाेशिले जाजकारि दिए ।
कालिज पालनका लागि उपयुक्त र सम्भावित क्षेत्र डडेल्धुराकाे परशुराम ७ मलास क्षेत्र रहेकाले उक्त वडाका वडा अध्यक्ष कर्ण वहादुर धामि सहित ५ जना कृषकहरु लाई अवलाेकन तथा तालिम दिईएकाे जाेशिले जानकाारि दिए ।
परशुरामकाे वडा न ७ नगरकाे दुुर्गम र शुन्दर बस्तिमा कालिज,कुखुरा,बाख्रा पालन प्रवर्धन गर्न सकेमा कञ्चनपुर, मित्रराष्ट भारत वाट आन्तरिक तथा बाहिय पर्यटक लाई भित्र्याउन सके स्थानिय नागरिकहरुलाई आय आर्जन मा जाेड्न सकिने र मलासमा कयौंन सम्भावना रहेकाे वडा.न.७ का अध्यक्ष कर्ण वहादुर धामिकाे भनाइ छ ।
पुरानाे र बिविधता भित्र अनेक धार्मिक,इतिहास वाेकेकाे मलास चिनाउने अभियानमा आफू जुटेकाे समेत धामिले सुनाए ।
यहि अर्थिक वर्षमा बिधुत विस्तार भएको छ, गत वर्ष लिप्ट खानेपानि मलास,पिपलकाेटमा सुचारु छ , अझ त्यहा पर्यटक भित्र्याउन स्थानिय हाेमस्टे, पिकनिक सपाेर्ट, सडक स्तराेन्नति, त्यहाका पुराना सम्पदा र ईतिहासहरु,काेट,किल्ला,मठ मन्दिर र ताल तलैयाकाे संरक्षण गर्ने अभियान थालिएको उहाले जानकारि दिए ।
हामी लागि परेका छौँ, सम्भाव्यता अध्ययन भई रहेकाे छ ।मलासका कृषकहरुलाई वाख्रा पालन तालिम , प्राङगारिक मिसन सुचारु रहेकाे अध्यक्ष धामिकाे भनाइ छ ।
