पदम जाेरा,डडेल्धुरा
डडेल्धुराकाे जाेगबुडा अस्पताललाई एम्वुलेन्स हस्तान्तरण गरिएको छ ।
सुदुरपश्चिम प्रदेश सरकारकाे सामाजिक विकास मन्त्री रहेका वेला जाेगबुडा अस्पताललाई पुर्व मन्त्री वाेहराले एम्बुलेन्स उपलब्ध गर्ने जनाएका थिए ।
सुदुरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय मार्फत उक्त एम्बुलेन्स स्वास्थ्य निर्देशनालयवाट शनिवार जाेगबुडा अस्पताललाई हस्तान्तण गरिएको छ ।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने द्वारा जाेेेगवुडा अस्वपतालका अध्यक्ष समेत रहनु भएका परशुराम नगरपालिकाका मेयर भरत वडायर जाेशि लाई एम्बुलेन्सकाे चाबि उपलब्ध गराईएकाे स्वास्थ साखा परशुरामका उप संयोजक हिक्मत वहादुर धामिले जानकारि दिए ।
तत्कालीन अवस्थामा सामाजिक बिकास मन्त्रालयमा जाेगबुडा अस्पताल १०० सया र स्तराेन्नतिका लागि माग गरिएको नगर प्रमुख भरत वडायर जाेसिले जानकारि दिए ।
आर्थिक वर्ष २०८०/०८१ काे नीति,तथा कार्यक्रम र वजेटमा जाेगबुडा अस्पताल प्रदेस सरकारकाे प्राथमिकतामा परेकाे र अब जाेगबुडा अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान हुने अस्पतालका अध्यक्ष समेत रहेका मेयर जाेसिले वताए ।
अहिले मेयर जाेसिले एम्बुलेन्सकाे चाबि वुझेकाे फाेटाे सामाजिक सञ्जालमा भाइरल छ भने, पुर्व सामाजिक विकास मन्त्री गाेविन्दराज वाेहरा र जाेसि लाई वधाइकाे ओइरो छ ।
