पदम जोरा,डडेल्धुरा
नेपाली काँग्रेस डडेल्धुराको जिल्ला सम्मेलन सम्वोधनका लागि डडेल्धुरा पुगेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाल सरकारका परराष्ट्र मन्त्री एन.पी.साउँदले अहिले सम्मको नेपालको हरेक राजनैनिक परिर्वतनमा डडेल्धुरा जिल्लाको ठूलो र वेग्लै पहिचान रहेको वताएकाछन ।
प्रेश युनीयन डडेल्धुरा साखाले डडेल्धुरा सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै मन्त्री साउँदले २००७ साल देखी मुलुकको हरेक राजनैतिक घटना क्रम र भिमदत्त पन्तको नुन आन्दोलन र एसियाकै पहिलो महिला मन्त्री स्थापित गर्ने जिल्लाको श्रेय समेत डडेल्धुरालाई रहेको वताए ।
सूदुर पहाडको डोट्याली संस्कृति,कला र भेषभुषालाई राष्ट्रिय रुपमा चिनाउने एण्डी प्रकाश चटौत, राष्ट्रिय राजनितिमा अव्वल नेता र ५ पटक प्रधानमन्त्री पाउँने जिल्लाका रुपमा समेत डडेल्धुरा जिल्ला रहेको मन्त्री साउँदले धारणा व्यक्त गरे ।
पत्रकारको जिज्ञासामा मन्त्री साउँदले गठबन्धनको सरकार स्थिरताका लागि नेपाली काँग्रेस प्रतिवद्व रहेको वताए ।
आफु परराष्ट्र मन्त्री नियुक्त भई सके पछि परराष्ट्र नितिमा महत्वपुर्ण उपलब्धी भएको उनले वताए ।
सूदुरपश्चिम र कर्णाली प्रदेश सहित नेपालमा मित्रराष्ट्र भारत संगको मैत्रीपुर्ण समवन्धवाट कयौन बिधुत परियोजनाहरु निर्माण गर्न अर्थतन्त्रमा टेवा पुग्ने उनले वताए ।
नेपाल प्रेश पुनीयन डडेल्धुरा साखा अध्यक्ष योगेन्द्र रावलको अध्यक्षतामा युनीयन डडेल्धुरा साखाले शनिवार,डडेल्धुरामा पत्रकार सम्मेलनको अयोजना गरेको हो ।
