पदम जोरा,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिका वडा.न ४ कटाल स्थित भागेश्वर माद्यमिक बिदालयले २० औ राष्ट्रिय धान दिवस मनाएको छ ।
“जलवायु अनुकुलित कृषक मैत्री प्रबिधि ,धान उत्पादनमा बृद्वि” भन्ने राष्ट्रिय नारा सहित भव्य कार्यक्रम सहित २० औ धान दिवस मनाइएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेरसिह मालको अध्यक्षता तथा परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशीको प्रमुख आतिथ्यता तथा शिक्षा शाखा प्रमुख लक्ष्मी विष्टको बिशिष्ठ आतिथ्यतामा विद्यालयले २० औ राष्ट्रिय धान दिवस मनाईएको विद्यालयका प्रधानाध्यापक जनक राज अवस्थीले जानकारी दिए । विद्यालयका शिक्षक,विद्यार्थीहरुको भव्य सहभागितामा दिवस मनाइएको प्र.अ. अवस्थीले जानकारी दिए ।
सबै मिलेर रमाईलो गर्दै धान रोप्दै , दहि चिउरा खाई असार १५ अर्थात २० औ राष्ट्रिय धान दिवस मनाइएको हो ।
धान दिवस समारोह कार्यक्रममा बोल्दै परशुराम नगरपालिकाका नगर–प्रमुख र शिक्षा साखा प्रमुख लक्ष्मी बिष्टले सबैमा शुभकामना व्यक्त गर्नु भएको छ ।
दुवै जनाले कृषि प्रधान देश नेपाल, अन्नको भण्डार डडेल्धुराको भित्रिमधेषलाई कर्मठ कृषकहरुले चिनाउने भएकाले नगरपालिका पनि गत विगत झै कृषिमा बिभिन्न खाले अनुदान, सहयोग गर्न तत्पर रहेको वताए ।
