शिक्षा साखा परशुराम द्वारा अभिवाबक सचेतना सुरु

पदम जाेेरा,जाेगबुडा

शिक्षा युवा तथा खेलकुद साखा परशुरामले नगरपालिकाकाे शैक्षिक गुणस्तर सुधारका लागि अभिवाबक सचेतना लाई जाेड दिएकाे छ ।

करिव ५ घण्टा मात्रै  वालवालिकाहरु विद्यालय अर्थात गुरु हरु शीत हुने र वाकि समय अभिवावक माझ वालवालिका रहने भएकाले वालवालिकाकाे पढाइ सुधारका लागि अभिवाबक सचेतना अभियान सुरु गरिएको साखा प्रमुख लक्ष्मि विष्टले जानकारि दिनु भयाे ।

पछिल्लाे समय अभिवाबककाे न्यून सकृयता र प्रबिधिकाे वढ्दाे दुरुपयाेगले  यहाँको शैक्षिक गुणस्तर खस्किन लागेकाे शिक्षा अधिकृत विष्टकाे भनाइ छ ।

पटक-पटक गुणस्तर सुधारका सवाल प्रअ मिटिङ,सामाजिक समिति र कार्यपालिकामा समेत उठेकाले हामिले पहिले अभिवाबक सचेत गराउने गरि अभियान सुरु गरिएको उनले वताईन ।

नगरपालिकाकाे शिक्षाकाे गुणस्तर सुधारमा ठुलाे चिन्ता छ, हामी लागि परेका छौँ ।

कसरी त गुणस्तर सुधार हुन्छ कि भनी पहिलाे प्रयास अभिवाबक विशेष गरि महिला लाई प्रशिक्षण दिन लागिएको उहाँले वताउनु भयाे ।

हामी शिक्षाका मुख्य तीन  पिल्लर सुधारमा छौं , यसरी नै शिक्षक, विद्यार्थीहरु लाई पनि  तालिम, प्रशिक्षण दिन्छौ । पाठन, सामग्री , शिक्षण सिकाई कृयाकलाप,शिक्षकहरुकाे लगनशिलता लाई नियाल्ने काम पनि हुनेछ ।

साेहि अभियान अन्तरगत परशुराम ९ स्थित जनज्योति माबि  गाइवाद्देमा अभिवाबक सचेतना कार्यक्रम सम्पन्न गरिएकोछ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष पारवति धामिकाे अध्यक्षतामा एक कार्यक्रमका विच विद्यालय सेवा क्षेत्रका अभिवाबकलाई सचेतना दिइएको छ ।

कार्यक्रमकाे अतिथि तथा मुख्य प्रशिक्षकमा साखा प्रमुख लक्ष्मि विष्ट,प्राबिधिक सहायक महेसराज भट्ट रहनु भएको थियाे ।

 

 

bb

Leave A Reply

Your email address will not be published.