पदम जोरा,डडेल्धुरा
शिक्षा विकास निर्देशनालय दिपायलको आर्थिक सहयोग र भुवनेश्वरी नमुना माद्यमिक बिद्यालय परशुराम ५ परिगाउँको आयोजनामा असार १० गते शैक्षिक सामग्री प्रदर्शनी मेला सम्पन्न भएकोछ ।
परशुराम नगरपालिका माबि स्तरिय विज्ञान÷गणित शैक्षिक सामाग्री प्रदर्शनी मेला आयोजना गरिएको भुवनेश्वरी नमुना माबिका प्रधानाध्यापक डम्बर सिह थ्वालले जानकारी दिए ।
१ संस्थागत १६ समुदायिक माबि मध्ये प्रतियोगितामा ८ विद्यालयका छात्र÷छात्राहरुको सहभागिता रहेको उहाँले वताए ।
शिक्षा विकास निर्देशनालय दिपायलको विद्यार्थीहरुको प्रतिभा र क्षमता प्रस्फुटन गर्ने लक्षित वजेट वाट भुवनेश्वरी माबिले प्रदर्षनी मेला आयोजना गरेको हो ।
बढि भन्दा बढि स्थानीय श्रोत,साधनको प्रयोग गरि गणित , विज्ञान विषयका प्रयोगात्मक कक्षाको प्रभावकारिता जाचँ हुने र छात्र÷छात्राको क्षमता,कला,कौशलता प्रदर्षनी गर्ने उदेश्यले मेला आयोजना गरिएको शिक्षा बिकास तथा समन्वय ईकाई डडेल्धुराका प्रमुख दुर्गादत्त बिष्टले जानकारी दिए ।
प्रतियोगितामा सहभागि ८ वटा विद्यालयका छात्र/छात्राहरुले स्थानीय श्रोत साधनवाट आफुहरुले निर्माण गरेका बिभिन्न सामग्री प्रदर्षन गरेका थिए ।
प्रतियोगितामा ८ विद्यालय मध्ये भुवनेश्वरी नमुना मा.वि.परिगाउँ, प्रथम , भागेश्वर माबि कटाल, दोस्रो र ग्रिनभ्याली इङ्गलीस र्बोडिङ स्कुल जोगबुडाले तेस्रो स्थान हात पारेको थियो ।
प्रतियोगितामा प्रथम हुने (समुह) लाई ५ हजार, दोस्रो हुने (समुह)लाई ४ हजार ,तेस्रो स्थान हात पार्ने (समुह) लाई ३ हजार र सानत्वना २ हजार नगद पुरुस्कार सहित प्रमाण–पत्र प्रदान गरिएको आयोजक नमुना माबिका प्रधानाध्यापक डम्बरसिह थ्वालले गाउँघरन्यूज लाई जानकारी दिए ।
विद्यार्थीहरुको बाह्यि ज्ञान र क्षमता प्रदर्षनका लागि परशुरामका सबै संसथागत र सामुदायिक विद्यालयहरुमा पछिल्लो समय समयानकुल अतिरिक्त कार्यक्रम सञ्चालन हुने गरेको शिक्षा साखा परशुरामका प्रमुख लक्ष्मी बिष्टले वताईन ।
कितावी ज्ञान संग÷संगै वदलिदो आधुनिक र प्रबिधि संग हाम्रा नानिवाबुहरुलाई जोड्नु आजको टड्कारो आवश्यकता रहेको शिक्षा क्षेत्रका सामाजिक अगुवा दलबहादुर साउँदको भनाई छ ।
रेडियो परशुराम एफ.एम. जोगबुडाका अध्यक्ष समेत रहेका साउँदले भने परशुरामको शिक्षा क्षेत्रमा म प्रतक्ष र अप्रतक्ष रुपमा जानकार छु ।
शिद्वनाथ माबि , त्रिबेणी क्याम्पस संचालन देखी हाल सम्म पनि शिक्षामा कुनै न कुनै तवरले मेरो साथ सर्मथन छ । यि यस्ता कार्यक्रममा हरेक क्षेत्रवाट टेवा दिनु जरुरी छ ।
यस्तै विद्यार्थीको वाह्यि ज्ञान र प्रतिभा प्रस्फुटनका लागि सञ्चार माध्यमको पनि निकै प्रभावकारी भुमीका हुने भागेश्वर माबि सलौनका प्रधानाध्यापक करबिर सिह बोहराको भनाई छ ।
उनले भने ‘मैले सुनेको र देखेको यहाँको सञ्चार माध्यम रेडियो परशुराम एफ.एम.वाट सञ्चालनमा रहेको हाजिरिजवाफ मुलक ‘ज्ञानवाटिका’ निकै प्रभावकारी छ । यस वाट यहाँका कयौंन बिद्यर्थाीहरु लाभान्वित छन, बिभिन्न सरकारी र गैरसरकारी कार्यालयहरुले शैक्षिक चेतना दिने कार्यक्रम सञ्चालन गर्न सके यहाँको शैक्षिण गुस्तर सुधार हुन्छ गाउँघरन्यूज लाई बोहराले वताए ।
