पदम जोरा,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिकाले ८० करोड ९५ लाख १२ हजारको बजेट ल्याएको छ ।
नगरपालिकाकी उप–प्रमुख बिमला कुमारी बोहरा (महता)ले १३ औं नगरभाको अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ८० करोड ९५ लाख १२ हजार रुपैयाको बजेट प्रस्तुत गरेकी हुन ।
नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशीले आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम नगरसभा समक्ष पेश गरेको प्रमुख प्रशासकीय अधिकृत खडानन्द खत्रीले गाउँघरन्यूजलाई जानकारी दिए ।
ऊनले परशुराम नगरपालिकाको निति तथा कार्यक्रम पूर्वाधार विकास र शिक्षा स्वास्थ्य, रोजगारीलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताए ।
