‘घुम्न जाऔं भागेश्वर’को भब्य शुभारम्भ

दर्जन बढी भारतीय पर्यटकको स्वागत तथा सम्मान

पदम जोरा, डडेल्धुरा
नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि भागेश्वर गाउँपालिकाले ‘घुम्न जाऔं भागेश्वर’ नारा तय गरेको छ । नेपाल भ्रमण बर्ष २०२० सुरुवातसंगै बुधवार पाँचवटै वडाको केन्द्रविन्दु रहेको टपुवालेकबाट भ्रमण बर्ष २०२०को बिधिवत उद्घाटन गरिएको छ । उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य प्रकाशबहादुर साउँदको प्रमुख आथित्यतामा भ्रमण बर्ष २०२० उ्घाटन भएको हो । उद्घाटनशत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि साउदले भागेश्वर गाउँपालिका पश्चिम क्षेत्रको महाकाली नदिमा ब्यापारिक नाका सुचारु हुन सकेमा गाउँपालिका र डडेल्धुरासँंगै सुदुरपश्चिमको ब्यापार ब्यवसायमा बृद्वि हुने बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै भागेश्वर गाउँपालिका अध्यक्ष कौशीला कुमारी भट्टले टपुवालेक डडेल्धुराको आफैमा भ्यू टावर रहेको र यो धार्मिक रुपमा प्रशिद्ध भएको हुदाँ ‘घुम्न जाऔं भागेश्वरको यसै क्षेत्रबाट शुभारम्भ गरिएको बताउनु भयो । बुधबार भब्य कार्यक्रमका बिच उद्घाटन गरिएको भ्रमण बर्षलाई बर्ष भरि निरन्तर रुपमा यस क्षेत्रका सबै पर्यटकीय तथा धार्मिक क्षेत्रहरुको प्रचार—प्रसार गर्ने र सम्भावना बोकेका क्षेत्रहरुको थप विकासमा जुट्ने समेत बताउनु भयो ।
दर्जन भारतीय पर्यटकलाई सम्मान
‘घुम्न जाऔं भागेश्वर’ अभियानको शुभारम्भको दिन मित्र राष्ट्र भारतको उत्तराखण्ड डडेल्धुराको रुपाल क्षेत्र घुम्न आएका एक दर्जन बढि पर्यटकहरु गाउँपालिकाले सम्मान गरेको छ । भारतको चम्फावत तामती सिमासँग जोडि भागेश्वर गाउँपालिकाका धार्मिक तथा पर्यटकीय क्षेत्रमा घुम्ने आउने भारतीयहरुलाई गाउँपालिले सम्मान गर्ने निर्णय समेत भएको छ । ‘अब हामी हाम्रो क्षेत्रमा घुम्न आउने हरेक आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सम्मान तथा स्वागत गर्न तयार छौं ।’ गाउँपालिका अध्यक्ष कौशिला कुमारी भट्टले भनिन्, ‘पर्यटन विकास हाम्रो पहिलो प्राथमिकतामा छ ।’
घुम्न जाऔं भागेश्वरको उद्घाटन समारोहमा स्थानीय कला संस्कृति, भेषभुसालाई समेत प्रदर्शनी, गरिनुको साथै गायक एबम् सञ्चारकर्मी रमेश मल्लका बिबिध प्रस्तुतीहरु समेत रहेका थिए ।
यसैगरी स्थानीय कलाकार गायक गणेश केशी र करिष्मा बिष्टले समेत प्रस्तुती राखेका थिए । हजारौको संख्यामा सहभागि आन्तरिक बाह्य पर्यटकहरुले टपुवालेक अवलोकन गरेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत हर्ष बहादुर रोकाले बताउनु भयो । ‘यो क्षेत्रमा धेरै धार्मिक तथा पर्यटकीय सम्भावनाका क्षेत्रहरु छन्, तिनीहरुको विकास गर्न गाउँपालिका जुटिरहेको छ ।’ उहाँले भन्नु भयो, ‘घुम्न जाऔंं भागेश्वर’को अहिले त शुभारम्भ मात्रै भएको छ, गाउँपालिकाले धेरै काम गरेर देखाउँछ ।’
बर्ष भरिमा ‘घुम्न जाऔं भागेश्वर’ अभियान नै लक्षित हुने भागेश्वर गाउँपालिकाले जनाएको छ । घुम्नजाउ भागेश्वर नारा सहित गाँउपालिकामा रहेका सबै पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्न का लागि बृत्तचित्र छायांकंन गरिने समेत रोकाले जानकारी दिनु भएको छ । उद्घाटन समारोहको डडेल्धुरा स्थित रेडियो युनीटी, सुदुर आवाज, अमरगढी र जोगबुडाको परशुराम एफ.एमवाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।

bb

Leave A Reply

Your email address will not be published.