पशुसेवा केन्द्र डडेल्धुुरा द्वारा राउटे समुदायमा कुखुरा वितरण

पबित्रा रोका मगर,जोगबुडा

 

भेटनरी तथा पशुसेवा केन्द्र डडेल्धुुराले परशुराम ४ मा रहेको लोपोन्मुख राउटे समुदायमा कुखुरा वितरण गरेको छ ।
जिल्लाको परशुराम नगरपालिका वडा.न ४ रजेउडा स्थित राउटे समुदायका कृषकहरुलाई ५० कुखुरा वितरण गरिएको भेटनरी तथा पशुसेवा केन्द्र डडेल्धुुराका प्रमुख देवराज भट्टले जानकारी दिए ।
राउटे समुदायमा रहेको समुहमा आवद्व कृषकहरु लाई प्रति सदस्य १४ कुखुराका दरले जम्मा ५० कुखुरा वितरण गरिएको भट्टले जानकारी दिए ।
लोपोन्मुख राउटे समुदायमा उहाँहरुको आर्य आर्जन तथा कुखुरा पालन गर्न र आत्मर्निभर वनाउन टेवा पुग्ने गरि कुखुर वितरण गरिएको भट्टको भनाई छ ।
आर्थिक वर्ष २०७९÷०८० को लक्षित कार्यक्रम अन्तरगत पशु पक्षि तथा पालन व्यवसाय प्रर्वधन गर्ने कार्यक्रम राउटे बस्तीमा सञ्चालनमा रहेको पशुसेवा साखा पशुरामका प्रमुख रतन बहादुर भण्डारीले गाउँघर न्यूजलाई जानकारी दिए ।
भेटेनरी तथा पशुसेवा कार्यालय डडेल्धुराका प्रमख देवराज भट्टको अध्यक्षता तथा परशुराम नगरपालिका वडा.न ४ का अध्यक्ष बिश्राम सिह बोहराको प्रमुख आतिथ्यतामा शुक्रवार राउटे बस्ती रजेउडामा कुखुरा वितरण गरीएको हो ।

bb

Leave A Reply

Your email address will not be published.