परशुराम ९ का वडा अध्यक्ष बोहरा जिम्मेवारीमा र्फकीए

पदम जोरा,डडेल्धुरा

वन मुद्वाको झमेलाले निलम्बनमा रहेका डडेल्धुराको परशुराम नगरपालिका वडा.न ९ का वडा अध्यक्ष देववहादुर बोहरा सुक्रवार देखी जिम्मेवारीमा फर्कीएका हुन ।
२०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बोहरा वडाध्यक्षमा निर्वाचित भएपनि जिल्ला निर्वाचन कार्यालय,डडेलधुराले स्वतः निलम्बनमा परेको जानकारी गराएको थियो ।
वडाध्यक्ष निलम्बन भइसकेपछि त्यहाँका जनता अभिभावक विहीन भएका थिए ।
सामुदायिक वन उपभोक्ता र पदाधिकारी सहित १८५ जनालाई २०६९ असोजमा वन फडानी गरि भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको थियो ।
२२ जेठ २०८० मा सर्वोच्च अदालतले १८५ जनालाई निर्दोष ठहर गरेको थियो।
सर्वोच्च अदालतले निर्दोष भएको फैसला गरेपछि काय वडा.न ९ का वडाअध्यक्ष देव वहादुर बोहरा पनि जिम्मेवारीमा र्फकीएका हुन ।
सुक्रवार नगरकार्यपालिकामा उहाँको स्वागत संगै निर्णय पुस्तीकामा उपस्थीती भएको नगरपालिकाका प्रबक्ता खगेन्द्र वहादुर सिहले जानकारी दिए ।
उहाँ निर्दोष ठहरिएपछि जिम्मेवारीमा फर्किनु भएको छ उहाँलाई हाजिर गर्न नदिने हाम्रो कुनै गलत नियत थिएन ।’ कनुनी उल्झनले समस्या निम्तीएको हो प्रवक्ता सिंहको भनाई छ ।
केही दिन अगाडी मात्रै बोहराको पुर्नवाहालीका विषयमा नगरपालिकामा जनप्रतिनिधि विच बाझा–वाझको अवस्था सृजना भएको थियो ।
बहुमत कार्यपालिका सदस्यहरुको माग सिधै बोहरा जिम्मेवारीमा र्फकीनु पर्ने थिया भने, अन्य कार्यपालिका सदस्यहरु प्रकृया गत रुपमा कानुनी समस्या समाधान गरि बोहराले जिम्मेवारीमा र्फकीनु पर्नेपक्षमा थियो ।
यसै विच सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले सर्वोच्चले निर्दोष ठहर गरेपछि स्वतः पुनर्बहाली हुने र निर्दोष प्रमाणित गरेको पत्र कार्यपालिकामा लैजानुपर्ने बताएका थिए । पुर्णपाठको विषयमा उहाँले स्पष्ट पारेनन ।
सो मुद्दामा सर्वोच्च अदालतले भने पूणर्पाठ सार्वजनिक गरिसकेको छैन।
यद्यपि बहुमत कार्यपालिका सदस्यहरुले भने आफूहरूले सर्वोच्चले गरेको फैसलाको संक्षिप्त जानकारी सहितको पत्र नगरमा बुझाएको बताउदै अकाए थिए ।

bb

Leave A Reply

Your email address will not be published.