पदम जोरा,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिकामा दिनै पिच्छे विवाद बढि रहेको छ । काँग्रेस माओवादी मिश्रित नगर कार्यपालिकामा १ वर्ष सम्म सर्वसम्वत निर्णय कमै भएको पाईन्छ ।
परशुराम नगरपालिकामा मेयर काँग्रेस, उपमेयर सहित ७ वडा माओवादी र बाकि ५ वडा काँग्रेसले जितेको छ ।
२ दलिय मिश्रीत कार्यपालिकामा सुरु देखी नै विवाद छ, पदभार ग्रहण देखी नै सुरु भएको परशुरामका जनप्रतिनिधिहरुको विवाद अहिले झन चुलिदै गएको छ ।
जनप्रतिनिधिहरु विच राजनैतिक आग्रह र पुर्वाग्रहको विवाद स्पष्ट देखिन्छ ,सोही कारण कयौंन कार्यपालिका बैठक अवरुद्व भएका छन ।
उहाँहरुको विवाद जनताको पक्षमा भन्दा जित, हार र अस्तित्वको रहेको देख्न सकिन्छ ।
२०८० जेठ ३२ गते बिहान ११ वजेका लागि डाकिएको नगरकार्यपालिका बैठक पनि विवादका कारण स्थगित भएको थियो ।
आगामि आर्थिक वर्ष २०८०÷०८१ का लागि योजना छनौटमा आफु सित समन्वय नभएको भन्दै नगर–उपप्रमुख बिमला कुमारी बोहराले आपत्ति जनाउदा विवाद सृजना भई बैठक स्थगित गभएको नगरपालिकाका प्रवक्ता खगेन्द्र बहादुर सिंहले जानकारी दिए ।
जेठ ३२ मा स्थगित भएको बैठक असार १ गते बिहान ८ वजेका लागि डाकिएको थियो , असार १ गतेको बैठकमा पनि सोही घटना दोहोरीएको छ ।
परशुराम नगरपालिकाका नगर–प्रबक्ता खगेन्द्रवहादुर सिंहका अनुसार बैठक बिहान ८ वजेका लागि डाकिएको भए पनि बुहमत कार्यपालिका सदस्य साथिहरु झण्डै ३ घण्टा ढिलो गरि जुलुस सहित मेयरको कार्यकक्षमा आउनु भयो ।
ऐजेण्डामा प्रवेस नै नगरि सिधै साथिहरु जुलुस गर्न लाग्नु भयो र विवादका विच बैठक स्थगित गरियो ।
कार्यपालिकामा बिभिन्न ऐजेण्डाहरुमा छलफल गरिन्छ, कार्यपालिका बैठकको नियमावली छ, कार्यबिधी छ, साथिहरुले के गर्न खोजेका हुन आफुले बुझ्न नसकेको नगर–प्रमुख भरत वडायर जोशीको भनाई छ ।
उहाँहरु कार्यपालिकामा जुलुस सहित प्रवेश गर्नु भयो, वन मुद्वामा निलम्वित वडा.न. ९ का अध्यक्ष देववहादुर बोहराले अदालत वाट सफाई पाई सकेको हुदाँ नगरपालिकाले वोहरालाई जिम्मेवारी दिनु पर्ने र प्रकृया अगाढी बढाउनु पर्ने उहाँहरुको माग थियो ।
बोहरा निर्दोस ठहरिए पछि, प्रकृयागत रुपमा उहाँ जिम्मेवारीमा र्फकिनु हुन्छ , यसमा नगरपालिका र मेयरको केह गलत गलत मनसाय छैन मेयर जोशी वताए ।
परशुराम नगरपालिकाले उहाँको फैसला गरेको पनि होइन, उहाँलाई पदवाट निलम्वीत गरेको पनि होईन ।
तर हामी माथिल्लो निकायमा प्रकृया अगाडी बढाउन तयार छौ , प्रकृया अगाढि बढि रहेको छ, मेयर जोशीले बताए ।
साथि हरुले त्यहि विषयलाई लिएर कार्यपालिकामा अभद्र व्यबहार देखाउनु भयो बैठक स्थगित गरिएको मेयर जोशीले जानकारी दिए ।
उताँ बहुमत कार्यपालिका सदस्यहरुले नगरपालिकाका शिक्षा युवा तथा खेलकुद साखाका कर्मचारीलाई मेयरको वाउन्सरको संज्ञा दिदै मेयरका बाउन्सरले आफुहरुमाथि हातपात गरेको, माओवादी केन्द्र परशुरामका अध्यक्ष शेरसिह माल डायमण्डको कमिज च्यातेको आरोप लगाउदै आएकाछन ।
हामी ५ जना र मेयर कार्यकक्ष अर्थात कुर्सिवाट उठेर ढोकामा छौं , जो बिभिन्न व्यक्तिहरुले खिचेको भिडियो फुटेजमा हेर्न सकिन्छ, नगर प्रबक्ता खगेन्द्र सिहको भनाई छ ।
अभद्र व्यवहार कस्को छ, कमिज कोले च्यातेको हो सोही फुटजेमा स्पष्ट हेर्न सकिने समेत ऊनले जानकारी दिए ।
बहुमत कार्यपालिका सदस्यहरुले भने मेयरको कार्यकक्षामा वडा.न ९ का वडा अध्यक्ष देववहादुर बोहरा र वडा.न ९ का जनतालाई न्याय दिनु पर्ने भन्दै नारावाजी गरेको भिडियो फुटेजमा हेर्न र सुन्न सकिन्छ ।
असार १ गते मध्यान्ह १२ वजे नगरपालिकामा वडा.न ९ का वडा अध्यक्ष देव वहादुर बोहरालाई जिम्मेवारीमा र्फकाउनु पर्ने नारवाजी भएको थियो ।
