डडेल्धुराको शिद्वनाथ माबि जोगबुडाका प्रधानाध्यापक जोशी सेवानिवृत

रुपा नेपाली , डडेल्धुरा

 

 

डडेल्धुराको भित्रिमधेष क्षेत्रको पहिलो र पुरानो शैक्षिक जागरणको थलो शिद्वनाथ माबि जयपुर जोगबुडाका प्रधानाध्यापक पदमराज जोशी सेवा निवृत हुनु भएको छ ।
३५ वर्ष निरन्तर डडेल्धुराको परशुराम १२ स्थित शिद्वनाथ माबि,जयपुर जोगबुडाको प्रधानाध्यापक र शिक्षण पेषामा आवद्व जोशी ३२ जेठ २०८० मा प्रकृयागत रुपमा सेवा निवृत हुनु भएको हो ।


बि.स.२०२० सालमा आमा पारवती देबी जोशी र वुवा दशरथ जोशीको कोखवाट साबिक भागेश्वर गाविस ६ नानीगाडमा जन्मीएका जोशीले प्राथमिक र निमाबि तहको शिक्षा आर्जन गाउँकै विद्यालय गोबिन्दपुरी माबि लामीकाण्डे वाट गरेका थिए ।
अशिग्राम माद्यमिक विद्यालय रुपालवाट माद्यमिक तह अध्ययन पश्चात कुमाउ विश्व बिद्यालय डि.यस.वि कलेज नैनीताल वाट अंग्रेजी विषयमा स्नातकोत्तरतह उतिर्ण गरेका जोशीले त्रिभुवन विश्व बिद्यालय वाट शैक्षिक योजना तथा व्यवस्थापन संकाय वाट मास्र्टष गरेका थिए ।
मध्यम परिवारमा जन्मीएका जोशीको व्यक्तित्व सामाजिक, राजनैतिक र अध्यातमिक क्षेत्रमा निकै पोख्त मानिन्छ ।
हरेक धार्मीक, सामाजिक क्षेत्रमा अग्रपंतिको भुमिकामा देखीने जोशी यहाँका वालवालिकालाई विज्ञान र प्रबिधिमैत्री शिक्षा प्रदान गर्ने लक्ष्यका साथ शिद्वनाथ माबि जोगबुडालाई बिज्ञान र सिभिलईन्जीनियरङि धार संचालन गर्ने महत्वपुर्ण पात्रका रुपमा चिनिएका छन ।
शिक्षा क्षेत्रमा प्राबिधिक र बिज्ञान संचालन गरि यस क्षेत्रमा दक्ष जनशत्ति उत्पादन गर्ने श्रेय समेत जोशीलाई रहेको शिक्षा क्षेत्रका जानकारहरुको भनाई छ ।
प्रधानाध्यपक जोशीले बिगत ३५ वर्ष सम्म डडेल्धुरा जिल्लाको भित्रिमधेषको शैक्षिक जागरण, उच्च माबि संचालन, त्रिबेणी कलेज संचालन र परशुराम संस्कृत विद्यापिठ स्थापनामा अतुलनीय योगदान रहेको वताउनु हुन्छ काँँग्रेस डडेल्धुराका सभापती भीम वहादुर साउँद ।
सभापती साउँदले ‘सेवा निबृत प्रधानाध्यापक जोशीको शिक्षा क्षेत्रको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै वाकि जिवन समेत समाज र राजनैतिक सुधारमा रहोस भन्दै शुभकामना व्यक्त गर्नु भएको छ ।
त्यसै गरि जोशी गुरुले हामीलाई पढाउनु मात्रै भएन शैक्षिक, धार्मीक, राजनैतिक र सामाजिक क्षेत्रमा अग्रसर गराएर ठूलो गुन लगाएको उहाँका छात्र समेत रहेका त्रिबेणी बहुमुखी क्याम्पसका अध्यक्ष एबम् काँग्रेस डडेल्धुरा जिल्ला सदस्य दलवहादुर साउँदको भनाई छ ।
शाहित्यकार तथा काँग्रेस डडेल्धुरा प्रदेशसभा क्षेत्र (१) का सभापती कैलाश कुमार पाण्डेयले पनि जोशी गुरुको सेवा निवृत जिवनको सुभाकामना व्यक्त गर्नु भयो ।
यसै प्रसंगमा त्रिबेणी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज नाथले उहाँ एक स्पष्ट, प्रखर बौद्विक गुरु हुन उहाँको सेवा निवृत भएकोमा वाकि जिवनको सुभकामना व्यक्त गरेका छन ।
संबिधान दिवस २०७९ को अवसरमा उहाँ सम्माननीय राष्ट्रपति ज्यू वाट सुप्रवल जनसेवा श्री चौथा वाट १ बैसाख २०८० मा सम्मानीत र सुशोभित हुनु भएकोमा झनै हामीलाई उच्च शिक्षा दिने गुरु प्रति बिशेस बधाई तथा सुभकामना व्यक्त गदछौं भन्छन संबिधान सभा सदस्य नरभान कामी ।
यसै गरि भागेश्वर माबि कटालका विब्यस अध्यक्ष,माओवादी केन्द्र परशुराम अध्यक्ष एबम् प्रअ जोशीका पुर्व छात्र शेर सिह माल (डायमण्ड)ले पनि उहाँको सेवा गौरवपुर्ण रहेको र अझै उहाँ जस्ता व्यत्तिको खाचो हाम्रो यस परशुरामको शैक्षिक,राजनैतिक, धार्मीक र सम्रग बिकासमा रहेको वताए ।
गाउँघरन्यूज अनलाईनले उहाँको व्यक्तित्व बुझ्दा सबै पुर्व छात्र,शिक्षक,कर्मचारी, सबै बिद्यालयका प्रधानाध्यापक र विद्यार्थीहरुवाट उहाँ शिक्षा क्षेत्रको मुर्धन्य व्यक्ति भएको पाइएको छ ।
सबैले उहाँको खाचो हाम्रो समाजमा अझै रहने वताउदै आएकाछन भने, प्रधानाध्यापक जोशीले भावुक हुदै प्रतक्ष र अप्रतक्ष रुपमा म यही माटोमा , यही समाजमा रहेको वताए ।
मेरो ४० वर्षको शिक्षण र सामाजिक सेवाको दौरानमा कहि कतै कसैको मनदुःखेको भए जान अन्जानमा केही त्रृटि भएको भए क्षमा माग्छु भन्दै भावुक शैलिमा उहाँ विदाई हुनु भएको थियो ।
विद्यालय प्रङगणमा औपचारिक कार्यक्रम प्राबिधिक समस्यावाट गर्न नसकिएको भए पनि हामी उहाँका पुर्व छात्र हौं थियौ र सधै रही रहने छौ भन्दै छिट्टै उहाँको भव्य विदाई समारोह आयोजना गरिने विद्यालयका विब्यस अध्यक्ष ओम प्रकास खाती र प्रअ संकरदत्त जोशीले गाउँघरन्यूज लाई जानकारी दिए ।

अन्तमा हाम्रो पनि गुरु ज्यू लाई सुभकामना म लाई पनि कक्षा ११ र १२ उहाँले अध्यापन गराएको जानकारी सहित ।

bb

Leave A Reply

Your email address will not be published.