गाउँघर समाचार
डडेल्धुरा । जिल्ला सदरमुकामको खलंगामा रहेको मा आएको छ । पपुलेसन कनेक्सन युएसएको सहयोगमा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)ले ‘किशोर–किशोरी सशक्तिकरण कार्यक्रम’ सञ्चालनमा ल्याएको हो । कार्यक्रम सञ्चालन आएपछि सोमबार महेन्द्र माविमा शुभारम्भ कार्यशाला सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी अमरगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष टंकबहादुर क्षेत्रीले रुडुकले सुरुवात गरेको किशोर–किशोरी सशक्तिकरण कार्यक्रमको सफलताको शुभकामना दिए । ‘यो कार्यक्रमले विभिन्न विषयमा विद्यार्थीलाई थप जानकारी हुने अपेक्षा गरेको छ,’ उनले भने ।
सोमबार आयोजित कार्यक्रम शुभारम्भ कार्यशालामा बोल्दै रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर साउदले विद्यार्थी तथा अभिभावकलाई किशोर–किशोरीको किशोरावस्था, यौन तथा प्रजनन, वाल विवाह, साइबर बुलिङका सम्बन्धमा संवेदनशिल र अभिमुखिकरण गराउनका लागि किशोर–किशोरी सशक्तिकरण कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘कार्यक्रमअन्तर्गत विद्यालयका शिक्षक र अभिभावकहरुलाई अभिमुखीकरण गरिनेछ भने बालबालिकालाई प्रजनन स्वास्थ्य र किशोरावस्थाको अवधिमा हुने परिवर्तनका विषयमा अभिमुखीकरण गराइनेछ,’ साउदले भने, ‘महिनावारी सरसफाईबारे नर्सबाट सहजीकरण, सर्ने र नसर्ने रोगबारे चिकित्सवकबाट सहजीकरण, परिवार नियोजन र यसको प्रयोग तथा वाल विवाह र त्यसको परिणमबारे पनि सहजीकरण गर्ने तयारी छ ।
