कसरी विते परशुराम ७ का अध्यक्ष कर्णवहादुर धामीका १ वर्ष

पदम जोरा, डडेल्धुरा

डडेल्धुराको परशुराम नगरपालिका वडा.न ७ का निर्वाचित वडा अध्यक्ष कर्ण वहादुर धामीले आफु निर्वाचित भएको एक वर्षको उपलब्धी, समस्या र चुनौती सार्वजनिक गरेकाछन ।
पत्रकार माझ धामीले आफु वडा.न ७ को अध्यक्षमा निर्वाचित भएको एक वर्ष पुगेको अवसरमा आफ्नो बुद्वि,बिवेक र क्षमताले भए गरेका सर्वपक्षिय बिकास, निर्माण योजनामा उपलब्धी, समस्या चुनौति सार्वजनिक गरेका हुन ।
संघियताको दोस्रो स्थानीय तह निर्वाचन ३० बैसाख २०७९ मा एमाले, काँग्रेस, समाजवादी र स्वतन्त्रका पार्टीमा उमेदवारलाई पछि पार्दै माओवादी पार्टीवाट उमेदवार उनी वडा.न ७ को अध्यक्षमा निर्वाचित भएका हुन ।
काँग्रेसका घनश्याम साउँद, एमालेका दानवहादुर तरामीमगर,एकिकृत समाजवादीका मोहनवहादुर सिंह र स्वतन्त्र उमेदवार जिवन महता लाई पराजित गरि कर्ण वहादुर धामी वडाअध्यक्षमा निर्वाचित भएका हुन ।
दुर्गमबस्ती मलास देखी हरेक वस्तीमा चुनाव ताका पार्टी र आफ्नो चुनावी एजेण्डा बोकी जनतामाझ पुगेका धामी भने जस्तो राजनितिमा सहज नहुने वताउन थालेका छन ।
मिमित वजेटमा जनताका आसा र अपेक्षा धेरै भए पनि जनताको शिर झुकाउने काम अझ सम्म आफुले नगरेको र नगर्ने वताउदै आएका छन ।
उनले भने ‘फेरी पनि जनताको नजिकको वडा सरकारको अनुभुती दिई रहेकाछौं ।
मानवका हरेक आवश्यकता असिमित हुन्छन उर्थशास्त्रको शिद्वान्त पनि यही हो ।
मेरो वडामा मैले जनताका आधारभूत आवश्यकता के हुन खोज अनुसन्धान गरि पि १ पि २ को अवरधारणा ल्याएको छु ।
आ.व. २०७९/८० मा अर्थात हामी निर्वाचित भएको एक वर्षमा वडा.न ७ मा शिक्षा, स्वास्थ्य, सडक, यातायात, खानेपानी, सिचाई, पोषण, महिला तथा वालवालिका, वेरोजगारी र लक्षित कार्यक्रमलाई धेरै सम्पन्न गरेको र धेरै सम्पन्नको चरणमा रहेको उनले गाउँघरन्यूज लाई जानकारी दिए ।
मेरो पार्टी को पहल, मेरो पहल र गठबन्धनको पहलवाट प्रदेस, संघमा समेत यहाँका कयौन योजनाहरु समावेसका लागि पहल भएको उनले जानकारी दिए
सम्पन्न योजनाहरुको विबरणः –
१. रैचनी – कसान सडक निर्माण
२.खोरिया शाखा सडक निर्माण
३.सादनी तिज विशेष कार्यक्रम
४.धनारी सल्लेधार सडक निर्माण योजना
५. सादनी गैरिखान ,चुनेपानी सडक सरसफाई
६.लामिगाडा सिचाई कुलो मोटर व्यबस्थापन
७.समैजी कृषि समुह कुलो निर्माण ,लामिगडा
८.सादनी विशाल टोल पाइप खरिद प.न.पा.–७
९.सादनी स्वास्थ्य चौकी तथा चौराहा बजार खा.पा.निर्माण प.न.पा.–७
१० . सिद्धनाथ आ.वि.लालपुर खानेपानी व्यबस्थापन प.न.पा.–७
११.सादनी तिज फिल्ड निर्माण
१२. काजिगाडा शाखा सडक निर्माण
१३. गैरिखान खानेपानी निर्माण योजना
१४.नौला निर्माण तथा मुहान संरक्षण भिमकुण्ड कृषक समुह नाउला
१५.वडा कार्यालय खानेपानी टंकी निर्माण प.न.पा.–७
१६.भवानी आ.वि.कसान घेरवार तथा तारजाली निर्माण
१७.सरस्वती आ.वि.धरमपुर घेरवार तथा तारजाली निर्माण घुम्टेगडा
१८.सिद्धनाथ मन्दिर घेरवार निर्माण लामिगडा
१९.६३ मिटर सिचाई पाइप खरिद न्यु हराभरा कृषक समुह ठुलागडा
२०.शाखा कुलो निर्माण बगर टोल कृषक समुह घुम्टेगडा
२१. शहरी स्वास्थ्य केन्द्र मलास कार्यालय व्यबस्थापन
२२. उद्यमशील कृषक समुह सिद्धनाथ टोल सादनी लिफ्ट सिचाई प.न.पा.–७
२३. शिवशंकर मा.वि.प.न.पा.–७ शौचालय निर्माण
२४.शिवशंकर मा.वि.प.न.पा.–७ सादनी ८ कोठे भवन निर्माण
२५.बैजनाथ सहकारी भवन निर्माण प.न.पा.–७ (डी.बि.सि.निर्माण )
२६.तिज गौरा पर्ब नारि दिवस कार्यक्रम
२७.चुरेपर्बत आ.वि.ददिगडा निजि स्रोत शिक्षक व्यबस्थापन
२८.कोल्डाडा शहिद पार्क तारजाली तथा घेरवार निर्माण
२९. सिद्धनाथ आ.वि.लालपुर निजि स्रोत शिक्षक व्यबस्थापन अनुदान कार्यक्रम
३०.सरस्वती आ.वि.धरमपुर पुस्तकालय निर्माण
३१.सनातन धर्म सेवा समिति छाना निर्माण
३२.सिद्धनाथ मा.बि.मलास पिपलकोट २ कोठे भवन
३३. सिद्धनाथ आ.वि.लालपुर २ कोठे भवन निर्माण (संघ बाट )
३४.सिद्धनाथ आ.बि.लालपुर शौचालय निर्माण
३५.प्लास्टिक पोखरी निर्माण तथा भकारो सुधार कार्यक्रम
३६. सिद्धनाथ आ.वि.लालपुर २ कोठे भवन निर्माण (प्रदेश बाट )
३७.समैजी कृषक समुह लामिगाडा लिफ्ट सिचाई योजना ( प्रदेश )
३८ .शिवशंकर मा.बि.सादनी कानुनी साक्षरता अवलोकन भ्रमण
३९ .शिवशंकर मा.वि.सादनी शिक्षण अनुदान
४० .शिवशंकर मा.वि. सादनी उत्कृष्ट पुरुष्कार
४१. वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सम्पन्न योजनाहरु–
४१ .बि.ओ.पि.भवन तथा फिल्ड निर्माण सादनी
४२ .सिद्धनाथ मा.बि.मलास गेट निर्माण
४३ .बसेनी खोला सिचाई कुलो निर्माण घुम्टेगडा
४४ . कैलाश डाडा पार्क गोलघर निर्माण पिपलकोट
४५ .सिद्धनाथ टोल सिचाई कुलो निर्माण घुम्टेगडा
४६ . सादनी–रानिभिर मलास गोरेटो बाटो निर्माण
४७ .बगर शाखा सडक निर्माण लामिगाडा
४८ .विशाल टोल शाखा सडक निर्माण सादनी
४९ .कसान झिलमिला गोरेटो बाटो निर्माण
५० . गैरिखाल – पिपलकोट गोरेटो बाटो निर्माण
५१ . सिरान टोल सिचाई कुलो निर्माण सादनी

संघ र प्रदेश सरकार बाट निर्माणाधीन योजनाहरु–

१.सादनी सोलार लिफ्ट सिचाई योजना
२.परशुराम बृहत खानेपानी योजना सादनी
३. लामिगाडा खानेपानी योजना
४. जोगबुडा–सादनी–जमरानी–गाइबादे सडक
५.सादनी गैरिखान चुनेपानी सडक
६. शिवशंकर मा.वि. सादनी छात्रा वास निर्माण
८.मलास क्षेत्र विधुत लाइन बिस्तार
९. महाकाली कोरिडर( गडगडे –ठुलागडा खण्ड कालोपत्रे सडक)
तालिम तथा कार्यक्रम संचालन–
१.४५ दिने चम्फा मर्मत तालिम
२. १० दिने दुना टपरी निर्माण सम्बन्धि तालिम ,दुना टपरी निर्माण मेसिन हस्तान्तरण
३. ८ दिने बाख्रा पालन तालिम
४. कालिज पालन तालिम तथा अवलोकन भ्रमण
५. धरमपुर कृषक समुह आलु सुपर जोन कार्यक्रम – सिचाई पाइप खरिद – ५० % अनुदान ४ वटा (मिनी टेलर) चेम्फा खरिद
६. ५०% अनुदानमा गहु को बिउ वितरण (१८०० पन)
७ . पन्जिकरण शिविर – २ पटक मलास र वडा कार्यालय
८. ३ दिने एकीकृत घुम्ती शिविर –१ पटक मलास
स्वास्थ्य तर्फ–
९ . स्वास्थ्य शिविर – १ पटक मलास
१०. गर्भ जाच गर्ने,सस्थागत प्रसुती हुने महिलाहरुलाई आयोडिन नुन वितरण
११. आयोडिन महिना सम्पन्न
१२. सम्पूर्ण विधालयमा रहेका बिधार्थिहरुलाई जुकाको औषधि खुवाउने कार्य सम्पन्न –२ पटक
१३ . वडाका आम नागरिकलाई किटनाशक झुल वितरण

निर्माण कार्य शुरु नभएका योजनाहरु–
१ .गैरिखान अस्थाई प्रहरी पोस्ट भवन निर्माण
२ .भण्डारी टोल लिफ्ट सिचाई
३.प्रगतिशील युवा क्लव फर्निचर खरिद

त्यसै गरि अझै असाढ मसान्त सम्मन धेरै काम गर्ने आफुहरुको लक्ष्य रहेको उनले जानकारी गराएका छन ।

bb

Leave A Reply

Your email address will not be published.