घुम्नजाऊ भागेश्वर टपुवालेकवाट सुरु हुने
इ.स. २०२० सुरु संगै पुस १६ गते बिधिवत रुपमा टपुवालेक वाट भ्रमण बर्ष को बिधिवत सुरु
नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी भागेश्वर गाउँपालिकाले घुम्न जाऊ भागेश्वर नारा दिएको छ । इ.स. २०२० सुरु संगै पुस १६ गते बिधिवत रुपमा टपुवालेक वाट भ्रमण बर्ष को बिधिवत सुरु गरीने गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताउनु भएको छ । आफैमा भ्यू टावर रहेको टुपुवालेक संगै सबै पर्यटकीय क्षेत्रहको प्रचार—प्रसार गर्ने र सम्भावना बोकेका क्षेत्रहरुको प्रचार–प्रसार गर्न घुम्नजाऊ भागेश्वरको अभियान गरीएको े वडा.न.३ का अध्यक्ष राम बहादुर शाहिले बताउनु भयो । बिधिवत ई.स. २०२० लाई स्वागत संगै भ्रमण बर्षलाई पनि बिबिध कार्यक्रमका साथ मनाईने शाहिले बताए । राष्ट्रीय कलाकार तथा सञ्चारकर्मी रमेश मल्ल तथा स्थानीय कलाकारहरुको सहभागितामा सास्कृतिक कार्यक्रम समेत प्रदर्षनी गरीने उनले बताउनु भएको छ ।
पुस १६ गते उद्घाटन हुने घुम्नजाऊ भागेश्वर लाई प्रभावकारी बनाउन गाउपालिका वासीबिच छलफल समेत सम्पन्न गरीएको उनले जानकारी दिए ।
घुम्न जाउ भागेश्वरमा कला संस्कृति,भेषभुषालाई समेत प्रदर्षनी,प्रबर्धन,उजागर गर्नु हाम्रो दायित्व रहेको उनले बताए ।
पुस १६ गते वाट अभियान निरन्तर जारी रहने उनले जानकारी गराए । टपुवालेकमा सडक,पूर्वाधार र अन्य पूृर्वाधारमा समेत जोड दिन जरुरी रहेको पालिका अध्यक्ष भट्टले जानकारी दिईन । कार्यक्रम लाई प्रभावकारी बनाउन छुट्टा÷छुट्टै ३ वटा समेती बनाईएको छ । कार्यकारी अधिकृत हर्ष बहादुर रोकाले जानकारी दिनु भयो । गाँउपालिकामा रहेका सबै पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्न का लागि बृतचित्र छायांकन गरी प्रदार्षनी मा ल्याउने समेत रोकाले जानकारी गराए ।
