पदम जाेरा, डडेल्धुरा
डडेल्धुराकाे परशुराम नगरपालिकामा विपद पुर्व तयारि अभ्यास सम्पन्न भएकोछ ।
विभिन्न विपदहरु वाट नागरिकलाई जाेगाउने उदेश्यका साथ पुर्वअभ्यास शनिवार परशुराम १२ स्थित रङ्गुन नदिमा गरिएको थियाे ।
जिल्ला विपद व्यवस्थापन समिति डडेल्धुराको आयोजनामा परशुराम नगरपालिका, ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक डडेल्धुरा, निडस नेपाल, नेपाली सेनाको रणवम गण, ईलाका प्रहरी कार्यालय जोगबुढा, सशस्त्र प्रहरी बेस क्याम्प परिगाउ तथा सामुदायिक विपद व्यवस्थापन समिति सदश्यहरुको संयुक्त सहभागीतामा परशुराम नगरपालिका स्थित रंगुन नदीको किनारामा कृतिम अभ्यास गरिएको हो ।
उक्त कृतिम अभ्यास कार्यक्रममा जिल्ला प्रशासन कार्यालय डडेल्धुराको तर्फ बाट प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तर्फ बाट प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्ट, ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर वहादुर साउद लगायत नेपाली सेना, सशस्त्र प्रहरी, रेडक्रस प्रतिनिधि लगायत स्थानियबासीको उपस्थिती रहेको थियो ।
परशुराम नगरपालिकका नगरप्रमुख भरत बडायर जोशी, उप-प्रमुख विमला कुमारि महता लगायतको अतिथ्यता र उपस्थितीमा कार्यक्रमसम्पन्न भएको हाे ।
बाढि , पहिराे, आगललागी, हावाहुरि, काे उच्च जाेखिम क्षेत्र समेत भित्री मधेष क्षेत्र रहेकाले र पटक-पटक यहाँ नागरिक नदिमा बगेर ,डुवर, ज्यान गुमाउने घटना पनि बढ्ने गरेकाले उद्धार के कसरी गर्ने भन्ने विषयमा कृतिम अभ्यास गरिएको हाे ।
कार्यक्रममा स्थानिय कायदलका सदश्य तथा स्थानिय स्वयसेवकहरु लाई खोज तथा उद्धारका सामाग्रीहरुको उचित प्रयोग गर्न सिकाईएको थियो ।
डडेल्धुराको भित्रिमधेश क्षेत्रमा रहेको आलिताल गाँउपालिका र परशुराम नगरपालिका विपद जोखिमको दृष्टीकोणले जोखिमयुक्त पालिका भएकोले केहि दिन भित्रै यस क्षेत्रको ५ वटा समुदायमा समुदाय स्तरको कृतिम पूर्वाभ्यास गरिने ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर बहादुर साँउदले बताउनु भयो ।
