बोडा ताललाई पर्यटकीय गन्तब्य बनाउने अभियान थाल्छु : अध्यक्ष बोहरा

बोडाताल,संगै भागेश्वर गाउपालिका,आलिताल गाउपालिका र परशुराम नगरपालिकाका विचमा रहेको भागेश्वर मन्दीर सम्म समेत सडक सञ्जाल जोडीए

पदम जोरा, डडेल्धुरा जिल्लाको भित्री मधेष क्षेत्र अन्तरगत परशुराम नगरपालिका १ मा पर्ने प्रशिद्व वोडा ताललाई पर्यटकीय गनत्ब्य बनाउने आफ्नो मुख्य लक्ष्य रहेको वडा अध्यक्ष शेर सिह बोहराले बताउनु भएको छ ।
देश संघियता पश्चात आफु नगरपालिकाको वडा.न. १ को वडा अध्यक्षमा बिजयी पश्चात जती सक्दो जनता लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको बताउनु भएको छ । छिमेकी गाँउपालिका आलिताल को घुम्टी वाट सडक सञ्जाल जोडी परशुराम धाम सम्मको पर्यटकीय र्दुत मार्ग र्निमाण गरी भित्री मधेषका पर्यटकीय स्थलहरुलाई बोडाताल अन्य पर्यटकीय स्थलहरु अवलोकन गर्न गुरु योजना तयार पारी अभियान थालीने अध्यक्ष बोहराले बताए ।


परशुराम नगरपालिकाका नगर प्रमुख र आलिताल गाउपालिका प्रमुख बल बहादुर गुरुङ संग पनि यस बिषयमा गहन छलफल भई सकेको समे उनले बताउनु भएको छ । वडा.न १ मा रहेको बोडाताल,संगै भागेश्वर गाउपालिका,आलिताल गाउपालिका र परशुराम नगरपालिकाका विचमा रहेको भागेश्वर मन्दीर सम्म समेत सडक सञ्जाल जोडीएमा यि यस्ता पर्यटकीय स्थलहरु प्रचार प्रसार गर्न सकीने बताउनु भएको छ ।
साढे २ बर्षको अवधिमा आजका दिन सम्म,कृषि लक्षित,पशुपालन,युवारोजगारीका क्षेत्रमा बिशेस पहल चाली रहेको बताउनु भएको छ । आलु खेतीका लागि सलौन क्षेत्र पकेटक्षेत्र घोषणा गरी आलु सुपरजोनको कार्यक्रम सञ्चालन गरी जनतलाई टेवा दिई रहेको बताउनु भएको छ । आगामी दिनमा पनि जनताका जनुमखी,काम गर्न वचन बद्व रहेको बताउनु भएको छ । सबै जनता राजनैतिक कर्मी,शिक्षक,बुद्विजिबीको साथ सहयोग सहकार्यको समेत अपेक्षा,सल्लाह,सुझावका लागि अध्यक्ष बोहराले अनुरोध गर्नु भएको छ ।

bb

Leave A Reply

Your email address will not be published.