पदम जोरा,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा नगरवाट वजेट विनियोजित भई सञ्चाति विकास, निर्माण, योजना, लक्षित कार्यक्रमहरुको भुक्तानीका लागि वडागत रुपमा तालिका सार्वजनिक गरेको छ।
स्थानीय नागरिकहरुलाई योजनाहरुको भुक्तानीका लागि असाढ मसान्त नजिकिदा सबैले एकमुष्ट आउने प्रबृतिले दुःख हुने भएकाले वडा.न १ देखी १२ सम्मका लागि मिति नै तय गरि आवश्यक प्रकृया र कागजपत्रहरु जुटाई भुक्तानी गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खडानन्द खत्रीले जानकारी दिए ।
नगरपालिकाले जेठ १६ गते सुचना जारी गर्दै भुत्तानी तालिका सार्वजनिक गरेको हो ।
वडा.न १ देखी १२ सम्मको भुक्तानी प्रकृया भने जेठ २४ गते देखी सुरु हुने प्रमुख प्रशासकिय अधिकृत खडानन्द खत्री द्वारा हस्ताक्षरीत सूचनामा भनीएको छ ।
उक्त सूचनामा भनीएको छ , भुक्तानीका लागि उपभोक्ता समितिको निवेदन, सम्वधित वडाको सिफारिस–पत्र ,योजनाको सार्वजनिक सुनुवाईको प्रामाणित प्रतिलिपि, प्रबिधिक मूल्यांकन, लागत स्टमेट अनुसारको डोर हाजिरि, विल भरपाई,सम्झौता र कार्यादेशको सक्कलै पत्र, योजना सूचनापाटीको फोटाहरु र बैंक चेकको फोटोकपी, सहित भुक्तानी गरीने उहाँले जानकारी दिएकाछन ।
यो जना सम्पन्न भई सकेमा प्रकृया पुगि सेवा ग्राहिहरुलाई भुक्तानीमा झन्जट नहुने र नगरपालिकाको सेवा पनि छिटो छरितो हुने उहाँले गाउँघरन्यूजलाई वताए ।
जनताको गुनासो र साना–साना योजना भुक्तानी गर्न आउदा टाढा–टाढा वाट आउनु पर्ने , सानो सानो कागजपत्र अपुग हुदा खर्चीलो र फर्कीनु पर्ने भएकाले आम नागरिकलाई यो परिपत्र गरीएको उहाँले गाउँघरन्यूजलाई जानकारी दिए ।
