पबित्रा रोकामगर,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिका वडा.न. ४ कटाल स्थित शिर्ष साना किसान कृषि सहकारी संस्था.लि.ले शेयरधनीलाई ५० हजार राहत सहयोग गरेको छ ।
मृतक राहतकोष २०७३ कार्यबिधि अनुसार सञ्चालित राहतकोषमा शेयर धनीले जम्मा गरेको २ हजार र संस्थाको आन्तरीक कोषवाट ४८ हजार गरि ५० हजार राहत सहयोग गरेको हो ।
उक्त राहत सहयोग रकम डडेल्धुरा जिल्ला परशुराम नगरपालिका वडा.न १ मालझुल बस्ने शेयरधनी स्व.मनिषा बोहराका परिवारलाई हस्तान्तरण गरीएको सहकारीका अध्यक्ष बिरेन्द्र विष्टले जानकारी दिए ।
जेठ १७ गते मृतक मनिषा वोहराको घरमै गई उहाँको परिवारलाई हस्तान्तरण गरिएको सहकारीका प्रबन्धक हरिशप्रशाद भट्टले गाउँघरन्यूजलाई जानकारी दिए ।
