पहिलो पटक परशुरामको मलासमा बिधुतिकरण सुरु 

पदम जोरा,डडेल्धुरा

डडेल्धुराको र्दुगम बस्ती परशुराम नगरपालिका वडा.न ७ मलासमा पहिलो पटक नेपाल बिधुत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईन जोडिन थालेको छ ।
लामो समय देखी जोगबुडा, कटाल, कञ्चनपुर र मित्रराष्ट्र भारतको टनकपुरको झिलिमिली हेरी चित्त बुझाउने मलासका नागरिकमा यो खवरले खुसी छाएको छ ।
वडा.न ७ को सादनी, घुम्टीगडा गैरीखान हुदै पिपलकोट मलासमा पहिलो पटक बिधुत विस्तार कार्य सुरु भएको वडा.न ७ का वडा अध्यक्ष कर्ण वहादुर धामीले गाउँघरन्यूज लाई जानकारी दिए ।
बिधुत विस्तारको पहिलो चरण अन्तरगत पिपलकोट सम्म विद्युत पोल, गाड्ने र तार खिच्ने काम सुरु भएको अध्यक्ष धामीले वताए ।
मलासमा बिधुतीकरण भए मलास र आसपासका करिब २ सय घरधुरी उज्यालोमा बस्न पाउने छन भने , यहाँका विद्यार्थी, उद्योगी,व्यपारी, मिल, स्वास्थ्य शिक्षामा पनि सहज हुने भएको छ ।
अहिले पहिलो चरणमा नेपाल बिधुत प्राधिकरण डडेल्धुरा वितरण केन्द्र वाट ठेक्का सम्झौता गरि निर्माण व्यवसायी राम विष्टले पोल ढुवानी, गाड्ने, तार खिच्ने काम सुरु भएको उहाँले वताए ।
अहलिे मलासमा १ सय ५० थान विधुत पोल ढुवानी गरि गाड्ने कार्य सुरु भएको छ ।
दोस्रो चरणमा तार खिच्ने र ट्रान्सर्फमर जडान गरि मलासमा बिजुली बाल्ने आफ्नो लक्ष्य सहित आफु लागि परेको उनले जानकारी दिए ।
आफ्नो चुनाव पुर्वको पहिलो एजेण्डा पनि मलासमा बिधुत बिस्तार गर्ने थियो सोही अनरुप मेरो एक वर्षको कार्यकालमा उपलब्धी पनि बिधुत विस्तारको पहिलो चरण पुरा गर्न सफल भएको उनले बताए ।
हामी सधै जनतामाझ छौं , हामीलाई जनताले चुने अनुसार यहाँका शिक्षा, स्वाथ्य, सञ्चार, यातायात, खानेपानी, पशुपालन, कृषि तथा फलफुल उत्पादन, वेरोजगारी न्यूनीकरण समस्या समाधानको प्रयास भई रहेको ऊनले छ ।
नगरपालिकामा न्यून वजेट छ त्यसका वावजुत धेरै र सोचे जस्तै विकास गर्न सकिएको छैन, लक्षित कार्यक्रम र सर्शत वजेट लाई अन्य क्षेत्रमा खर्च गर्न सकिदैन ।
अझै यहाँका र्दुगम बस्तीका पिडा, समस्यालाई प्राथमिकताका साथ आगामि आर्थिक वर्षमा समाधान गरिने उनले वताए ।
चुरे पर्वतको विचको वस्ती जोड्ने यहाँका अधिक ग्रामिण सडक वर्षाले सडक अवरुद्व हुन्छ, सडक सरसफाईमा खर्च हुने गरेको उनले सुनाए ।

bb

Leave A Reply

Your email address will not be published.