धनगढीको बेहडाबाबास्थित तालमा डुबेर मृत्यु भएका युवकको पहिचान खुलेको छ।
उनी डडेल्धुराको परशुराम नगरपालिका वडा न १० वागथलिका २५ वर्षीय लोक भाट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए। उनी कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएका थिए। धनगढी उपमहानगरपालिका वडा नम्बर–१६ रामपुर स्थित बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेव तालमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको थियो।
उनीसँगै गएका ३ जनालाई सोधपुछका लागि प्नहरिले नियन्त्रणमा लिएको डीएसपी चन्दले जानकारी दिए।
