पवित्रा रोकामगर, डडेल्धुरा
नेपाली काँग्रेस डडेल्धुराको जिल्ला सम्मेलन आउदो असाढ १६ गतेका लागि तय गरिएकोछ ।
नेपाली काँग्रेसको विधान अनुसार ६ महिनामा वडा सम्मेलन १ वर्षमा पालिका, प्रदेशसभा र जिल्ला सम्मेलन गर्नु पने व्यवस्था अनुसार वडा,पालिका, प्रदेशसभा र जिल्ला सम्मेलनको मिति तय गरिएको छ ।
काँग्रेस डडेल्धुरा संगठन साखा संयोजक एबम् जिल्ला सचिव शेरवहादुर भण्डारीको संयोजकत्वमा जेठ ११ गते वसेको बैठकको निर्णयले वडा, पालिका , प्रदेश र जिल्ला सम्मेलनको मिति तय गरेको छ ।
वडा,पालिका र प्रदेशसभा सम्मेलनका लागि काँग्रेस डडेल्धुराले जिल्ला, प्रदेस,पालिका स्तरका बिभिन्न नेताहरुलाई जिल्लाको ५२ वटै वडा, ७ वटै पालिका र २ वटै प्रदेशसभा क्षेत्रमा खटाएको छ ।
खटाएका प्रतिनिधीहरुले जेठ २० गते वडा सम्मेलनका लागि ५२ वटै वडा र जेठ २७ गते ७ वटै पालिका सम्मेलन, असाढ २ गते प्रदेससाभा क्षेत्रीय सम्मेलन असाढ १६ गते जिल्ला सम्मेलनमा उलेख्य सहभागिता र आ–आफ्नो जिम्मेवारी पुरा गर्न गराउनु जिल्ला सचिव शेरबहादुर भण्डारी द्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।
