पदम जाेरा,डडेल्धुरा
डडेल्धुराकाे परशुराम १० मा यौन राेग तथा HIV परिक्षण सिविर सम्पन्न भएको छ ।
स्वास्थ कार्यालय,डडेल्धुरा र परशुराम नगरपालिका स्वास्थ्य साखाकाे सयुक्त आयोजनामा उक्त सिविर सम्पन्न भएको साखा संयोजक तेज वहादुर सिहले जानकारि दिए ।
शहरि स्वास्थ इकाई केन्द्र कुरुमुल्लेमा यौन राेग तथा HIV हरुकाे अवस्था, नागरिकहरु र सङ्क्रमित सम्बन्ध, उहाहरु प्रति हुने भेदभाव,अपहेलना के रहेकाे छ, भनी समेत सिबिरमा परामर्ष दिइएको छ ।
परशुराम र आलितालमा हाल सम्म ५७ जना HIV सङ्क्रमित छन जस मध्ये १० जनम वडा न १० का मात्रै रहेकाे वडा न १० का वडा अध्यक्ष राजकुमार भाटले जानकारि दिए ।
विशेष गरि परशुराम सहित यश क्षेत्रका नागरिकहरु राेजगारिका लागि भारत तथा अन्य बाहियमुलुक तिर जाने हुदा असुरक्षित यौन सम्पर्क र, रगत जन्य बस्तुवाट HIV सर्ने हुदा सावधानी अपनाउन पनि याे सिबिर अपरिहार्य रहेकाे स्वास्थ शाखा परशुराम प्रमुख तेज वहादुर सिहले वताए ।
याे नेपाल सरकारकाे शसर्त कार्यक्रम रहेकाेमा सचेतना जगाउन सिबिर सञ्चालन गरिएकाे हाे ।
HIV सर्ने राेग भए पनि निकाे हुने र अरु राेग जस्ताे सरुवा राेग नभएको उनले वताए ।
