पदम जाेरा,डडेल्धुरा
डडेल्धुराकाे परशुराम नगरपालिकाले १ महिनौ पछि बल्ल प्रमुख प्रशासकिय अधिकृत पाएकाे छ ।
बैशाख २४ गतेकाे मन्त्री परिषद स्तरिय निर्णय अनुसार परशुराम नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत खडानन्द खत्रिलाई खटाझ थियाे ।
शुक्रबार खत्रिले नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत जिम्मेवारी सम्हालेका हुन ।
नयाँ (प्रमुख प्रशासकिय अधिकृत) नगरपालिकामा हाजिर भए पछि, अब यश क्षेत्रका नागरिक (सेवाग्नाहि) लाई कामकाजमा सहज हुने नगर-प्रमुख भरत वडायर जाेशिले जानकारि दिनु भएको छ ।
परशुराम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुकाे प्रधानमन्त्री कार्यालयमा सरुवा र अर्का प्रमुख प्रशासकिय पदम प्रशाद अर्याल निलम्वना परेपछि १ महिना देखि नगरपालिकाकाे महत्त्वपूर्ण सेवा र कामकाजमा नागिरकलाइ सास्ति देखिएकाे थियाे ।
नगरमा प्रमुख प्रशासकिय अधिकृत नभएको अवस्थामा निमित्तकाे जिम्मेवारीमा याेजना अधिकृत कृष्णदेव जाेशिले सम्हालि रहनु भएको थियाे ।
उहाँका अनुसार आर्थिक बाहेक सरुवा,बडुवा,लगायतका जटिल प्रकृतिका कामकाज वाहेककाे नि. प्रमुख प्रशासकिय अधिकृतकाे जिम्मेवारी सम्हालेकाे जाेशिले वताए ।
