पदम जाेरा,डडेल्धुरा
डडेल्धुराकाे परशुराम नगरपालिका निमित्तकाे भरमा चलि रहेकाे छ ।
परशुराम नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुकाे प्रधानमन्त्रीकाे कार्यालयमा सरुवा र अर्का प्रमुख प्रशासकिय अधिकृत पदम प्रशाद अर्याल निलम्बनमा परेपछि अहिले नगरपालिका निमित्तकाे भरमा रहेकेाछ ।
निमित्त लाई धेरै अधिकार नभएपछि,अहिले सेवा ग्रााहिलाई दु:ख भएको छ ।
उता स्टाेर र सहायक कम्प्युटर अपरेटरकाे जिम्मेवारिमा बिगत शिर्ष र जाेगबुडा गाबिस हुदा देखि किरव १२/१३ वर्ष देखि करारका कर्मचारीले सेवा दिई रहेकाे नगरपालिकाले जनाएकोछ ।
खरिदार,सचिव र बिभिन्न तहका स्थायी कर्मचारि नगरपालिकाले माग गर्ने गरेको भए पनि यहाँ केही करार कर्मचारीकाे जागिर जाेगाउने गरि राजनीतिक दवाव सृजना हुने गरेकाे पाइन्छ ।
करार कर्मचारीकाे भरमा यत्राे नगरपालिकाकाे स्टाेर र कप्युटर अपरेटरकाे २/२ जिम्मेवारी दिइएकाेमा अधिकान्स सेवा ग्राहिहरु झन्जटिलाे हुने गरेको बताउन थालेका छन ।
यति मात्र हाेइन स्थानिय व्यपारि समेतमारमा छन ।
आफू खुसि स्टाेर प्रमुख हर्क बाेहराले खरिद प्रकृया गर्ने गरेकाे दु:खेसाे पटक-पटक नउठेकाे हाेइन ।
तर उहाँको जिम्मेवारी वाडफाड ,सरुवा गर्नमा अहिले सम्मका अधिकृत र नगर-प्रमुुख असफल भएका छन ।
वरु नगरपालिकाकाे हरेक सामान खरिदकाे जिम्मेवारी उनै करारमा नियुक्त हर्क बाेहरालाइ नगरले दिएकाेछ ।
नेपालिले मौका पाए छाेड्दैन भने जस्तै मनखुसि,इन्धन,लगायत हरेक सामान खरिद हुने गरेकाे छ भने , नगरपालिकाका कर्मचारीले पनि गाडिमा इन्धध भर्न उहाँको वाटाे कुर्नु र कटाल उहाँको पसलमा धाउनु पर्ने बाध्यता रहेकाेछ ।
