पदम जोरा,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिका महिनौ दिन देखी हाकिम बिहिन रहेको छ ।
परशुराम नगरपालिकामा २०७५ सालदेखी कार्यरत प्रमुख प्रशासकिय अधिकृत अधिकृत तारानाथ पनेरुको प्रधानमन्त्रीको कार्यालयमा सरुवा र अर्का प्रमुख प्रशासकिय अधिकृत पदमप्रशाद अर्याल निलम्वन परे पछि नगरपालिका महिनौ दिन देखी प्रमुख प्रशासकिय अधिकृत विहिन वनेको हो ।
नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुदाँ , भौतिक योजना, निर्माण, पेष्की फरच्यौट, भुक्तानी, राहत, अनुदान लगायत कयौंन सेवा ठप्प रहेकाछन ।
अहिले नगरपालिकाको सामान्य सेवा निमित्त प्रमुख प्रशासकिय अधिकृत कृष्णदेब जोशीले सम्हाली रहनु भएको छ ।
मिति २०८० बैसाख २४ को मन्त्रीपरिषद स्तरीय निर्णयवाट परशुराम नगरपालिकामा खडानन्द खत्रि लाई प्रमुख प्रशासकिय अधिकृत खटाएको थियो,
खत्री हाजिर भएका छैनन,
यसरी नगरपालिकामा हाकिम नहुदाँ योजना सम्झौता, भुक्तानी , शिक्षा, स्वास्थ्य, रोजगार,कृषि, पशुसेवा, महिला वालवालिका, जोगबुडा अस्पताल, बुहक्षेत्रीय पोषण अन्तरगत शसर्त तथा लक्षित कार्यक्रम सञ्चालनमा बाधा भई रहेको गुनासो बढेको छ ।
आर्थिक वर्षको अन्ततिर नगरपालिकामा हाकिम नहुनुको प्रतक्ष असर यस क्षेत्रका सर्वसाधारण जनातालाई पर्ने देखीएको छ ।
हाकीम कहलिे आउछन भनि बुझ्दा जिम्मेवार निकायवाट ७ दिन भित्र आउने मात्र जवाफ सुनिन्छ ।
