पदम जोरा,डडेल्धुरा
निर्वाचन आयोगको राष्ट्रिय तालिका अनुसार स्थानीय तहको निर्वाचन २०७९ बैसाख ३० गते देशैभर सम्पन्न भयो ।
कतै बैसाख ३० गते राति त कतै बैसाख ३१ गते देखी निरन्तर मत गणना सुरु भई मतपरिणाम सार्वजनिक हुने क्रम चल्यो ।
यता डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको अन्तिम मतपरिणाम भने २०७९ जेठ ४ गते साझ करिब ७ वजे तिर सार्वजनिक भयो ।
१२ वडा रहेको परशुराम नगरपालिकामा उप–मेयर पद सहित ७ वडामा माओवादी केन्द्र विजयी भयो, मेयर पद सहित बाकि ५ वडा नेपाली काँग्रेस जित्यो भने एमाले तेस्रो स्थानमा रह्यो ।
“म देश र जनताप्रति पुर्ण वफादार रहि, कुनै पनि, रिस, स्वार्थ, पक्षपात,प्रलोभनमा नपरि मैले पाएको जिम्मेवारी पदमा रहुन्जेल सम्म ईमान्दारीता पुर्वक निर्वाह गर्नेछु” ।
भनि सपथ–पत्र वाचन गरि परशुराम नगरपालिका नव निर्वाचित मेयर, उप–मेयर, वडाअध्यक्ष, सहित सम्पुर्ण जनप्रतिनिधिहरुले गत जेठ ६ (२०७९) मा देश र जनताका नाममा सपथ लिए ।
यो समाचार पार्दाको मिति सम्म देश र जनताका नाममा सपथ लिएका परशुरामका जनप्रतिनिधीको कार्यकाल ठिक १ वर्ष २ दिने पुगेको छ ।
१ वर्ष २ दिनका दौरानमा जनप्रतिनिधीहरुको अधिक भन्दा अधिक कार्यपालिका बैठक किचलोमा वितेका स्पष्टछ ।
कार्यपालिका बैठक र नगर–सभा अनलाईनका माध्यमवाट लाईभ गर्ने निर्णयले झनै उहाँहरुको चर्तिकला जनतामाझ उदाङ्गो पारी दिएको छ ।
“नौला गाईका नौपुला घास” भने जस्तै नयाँ अनुहार विस्तारै जनताका काममा लाग्लान भन्ने आसा जनतामा ३ देखी ६ महिनाको अवधि सम्म थियो ।
तर १ वर्ष पुग्दा समेत जहिले पनि किचलो भयो, सहमित जुटेन भन्ने खवरले जनता दिक्क भई सकेकाछन ।
छलफलमा स्वभाविक रुपमा किचलो, बहस,पैरवी छलफल हुन्छ, हुनुपर्छ नतसम्म तर जनताले देख्ने जनमुखी काम यहाँका जनप्रतिनिधिले देखाउन नसकेको कुण्ठा जनताको छ ।
नगर कार्यपालिकाको पहिलो बैठकमा निर्णय रजिष्टर खोस्ने देखी हानथापको दृश्यले जनतामा झनै नैराश्यता नवढाएको भने होईन ।
जनताका समस्या समाधानको किचलो र हानथाप भन्दा पनि शक्ति, बुहमत र अल्पमतको देखीदा जनतामा झन कुण्ठा बढेको छ ।
नगरपालिकाको सेवा सुबिधा छिटो छरितोछैन, गुणस्तरीय छैन,मापदण्ड र प्रकृया मिचिेर मनखुसी काम हुने गरेकाले अव जनताको समस्याको कुण्ठा भत्कीएर आँधी वेहरी निश्चित देखीएको छ ।
जेष्ठ नगारिक , अपाङ्गता भएकाहरु लाई डोकोमा बोकेर, घोणामा बोकेर, कृया वसेका समेतका परशुरामका जनताको अमूल्यमतको जनप्रतिधीहरुहले गुन तिर्नुको साटो खिल्ली उडाई रहेको अरोप तिनै मतदाता वाट सुनिन्छ ।
प्रबिधि र सञ्चारको युगमा जनतालाई परशुराम नगरपालिकाका जनप्रतिनिधिहरुले आ–आफ्नो १ वर्षे कार्यकालको उपलब्धी, समस्या, चुनौती, सम्भावना र भावि रणनिति अनलाईन वा पत्रकार सम्मेलन गरि, मिडियावाट छरलङ्ग पार्न किन डराएका छन ।
उहाँहरुको यस्तो शैलिवाट स्पष्ट हुन्छ, यहाकाँ जनप्रतिनिधीहरुमा केही न केही कैफियत छ ।
यदि छैन भने , उहाँहरुले समिक्षा, छलफल, पत्रकार सम्मेलन मार्फत १ वर्षको उपलब्धी, समस्या, चुनौति र आगामी आर्थिक वर्षका भावि रणनिती स्पष्ट किन पारी सकि रहेका छैनन ।
किन भै रहेको छ किचलो ?
जोगबुडा सदरमुकाम लालढुङ्गामा रहेको कार्यालय मेयरको कार्यकक्षमा कार्यपालिका बैठक बस्नु पर्ने एकथरी जनप्रतिनिधीको माग छ भने,
नगरपालिकाकै परशुराम १२ शिद्वाथान स्थित निर्माणाधिन कार्यालयमा कार्यपालिका र नगर–सभा सञ्चालन हुनु पर्ने अर्कोथरी जनप्रतिनिधीको सामान्य मागको विच बिवाद सृजना भई रहेको नगर–प्रबक्ता खगेन्द्रवहादुर सिंहको भनाई छ । यो कुनै विवाद गर्नु पर्ने विषय होईन भवन निर्माणाधिन अवस्थामा छ । कार्यपालिका सदस्यहरु लाई तत्काल लालढुङ्गा वजारमा बैठक बैठक बस्न आग्रह गरिएको भए पनि सदस्य ज्यू हरुले हार जित ठाने की के ठाने सहमत भएनन उनले बताए ।
हामीले सोधेको प्रश्नमा ऊनले भने । ‘यहाँ हार जितको विषय नै होईन हामी सबै जनताका सेवक हौं हार जित र पार्टी, दल २०७९ बैसाख ३० गते सम्म थियो’ जनताका जनमुखी काम गर्नका लागि उपयुक्त स्थानमा बैठक बस्न कसैले अप्ठेरो नमान्नु पर्ने नगर–प्रबक्ताले थपे ।
अझै शिक्षा, स्वास्थ्य, सडक, यातायात, विधुत, सञ्चार, खानेपानी, तटबन्ध,पुल पुलेसा, पोषण, वेरोजगारी, कृषि उत्पादन, पशुपालन, आधुनिक खेती प्रणाली आदिको समस्यामा परशुरामका नागरिक रहेकाछन ।
