परशुराम नगरपालिकाका जनप्रतिनिधिकाे रमिता

पदम जाेरा,डडेल्धुरा

डडेल्धुराकाे परशुराम नगरपालिकाका जनप्रतिनिधिहरुकाे अनौठो रमिता देखिएकाे छ ।

नगर कार्यपालिका बैंकक बस्ने विषयमा बहुमत र अल्पमत विच जुङ्गाकाे लडाइँ फेरि सुरु भएको छ ।

नयाँ नेतृत्व सम्हालेका जनप्रतिनिधिहरु विच सुरुकाे  देखि नै रस्सा कस्सि चलि रहेकाे थियाे ।

सुरुकाे बैठकमा नगर-प्रमुखवाट  समन्वयकाे अभाव रहेकाे भनी नगर-प्रमुख माथि कार्यपालिका बहुतम सदस्य खनिएका थिए भने, ततपश्चात बिषयगत समिति गठनमा फेरि हलाे अड्किएकाे थियाे ।

जेन तेन विषयगत समितिले पुर्णता पाए पनि फेरि जुहारि खेल्ने अर्काे मसला मिलि सकेकाेछ ।

कार्यालय र बैठक सराउने,

नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन रहेकाे  १ महिना पुगि सक्याे, जनताका बिकास,निर्माण याेजना ठप्पछन, विभिन्न राेगवाट पशु मरिराछन , कृषिमा राेगकिराले किषान चिन्तित छन, झाडापाखाला वडा.८ मा फैलिएको छ ।शिक्षा र स्वास्थ्य सुधारमा ध्यान नदिइ , शिद्दाथान भवनमा  बैठक वसाउन सके हामी जितेकाे र मेयरकाे कार्यकक्षमा बैठक वसाउन सके हाम्राे जित ठहर्ने  खालका निर्वाचित जनप्रतिनिधिहरुकाे वास्तविक चरित्र   जनतामाझ  देखिन  थालेकाेछ ।

आइतबार त बहुमत कार्यपालिका सदस्यहरुले शिद्दाथानमा रहेकाे  भवन बाट कार्यपालिका बैठकको श्री गणेश गर्नु पर्ने माग राखेकाछन भने । नगर-प्रमुख सहित ५ वडा अध्यक्ष र केही  कार्यपालिका सदस्य  बैठकमा अनुपस्थित भए ।

मेयर बैठकमा उपस्थित नभए पछि बहुमत कार्यपालिका सदस्यहरुले घाटिमा हामी यता छौँ नगर-प्रमुख ज्यु  लेखेकाे प्लेकार्ड झुण्ड्याई आपति जनाए ।

यसरी परशुरामका जनतावाट निर्वाचित जनप्रतिनिधि विचकाे रमिताकाे जनताले १/१ हिसाा खाेज्नने तयारि गरिरहेकाछन नकि बहादुरि गरि रहेका छौँ भनी न साेच्न १ नेताले चुनौती  दिए ।

निर्वाचित भएको १ वर्ष भयाे १ राम्रो काम गरेका छैनन , लड्ने, रमिता देखाउने मात्रै का भएको नाम नखुलाउने सर्तममा उनले वताए ।अहिले जनता वाट जहाँ तहि चाेक,चिया गफमा परशुरामका जनप्रतिनिधिका चर्तिकला मात्रै सुनिन्छन ।

परशुराम नगरपालिकामा उपमेयर र ७ वडा  माओवादि केन्द्र जितेकाे छ भने मेयर र ५ वडा काङ्ग्रेसले जितेकाे छ ।

जनतामाझ मसिनाे रुपमा बुझ्दा १ जनावाट पनि जनता सन्तुष्ट छैनन ।

जहाँ तहि,भत्ता र इन्धन, डाेजर दुरुपयाेग गरेकाे मात्रै  गुनासाे सुनिने गरेकाेछ ।

bb

Leave A Reply

Your email address will not be published.