लाेक ठकुराठि ,रुपाल
परापुर्बकालमा गर्ग ॠषिले तपस्या गरेको क्षेत्र हाे गर्ग क्षेत्र (गैरिबगर) ।
जुन डडेल्धुराको भागेस्वर गाउँपालिका वडा .न, १ महाकाली नदि किनारमा रुपाल जाखमा पर्दछ । बैतडी र डडेल्धुराको सिमानामा रहेको गैरबगड (गर्ग) क्षेत्रमा महाकाली र सुर्नया नदि मिल्ने गरेका छन । गैरबगड क्षेत्र रुपाल लगायतका ६ गर्खाको दाहसंस्कार गर्ने ठाउँ (घाट) पनि हो । हरेक वर्ष गैरिबगड क्षेत्रमा आश्विन नबरात्रीको पुर्ब आमाबाश्याको राती भव्य रात्रि मेला लाग्ने गरेको छ भने अन्य समयमा पनि भक्तजनहरु साे क्षेत्रमा स्नान र अन्य धार्मिक कार्यका लागि जाने गरेका छन । गैरिबगड(गहनान) मेलामा बैतडिको तल्लो स्वराड,डडेल्धुराको रुपाल , लामिकाण्डे , भागेस्वर गाउपालिका, अजयमेरु, अमरगढि नगरपालिका ,परशुराम नगरपालिका र आलिताल गाउँपालिका वाट समेत भक्तजनहरु मेला भर्न आउने गरेका छन ।
अजयमेरु,भागेश्वरका प्राय जसाे सबै देवालयका देउरा र भणार स्नान समेत यश तिर्थमा हुने गरेकाे छ ।
गर्ग ऋषिले तपस्या गरेकाे गैरिबगर क्षेत्रमा महाकाली नदिले सयौ पुर्बजहरुको तारण समेत गरेको धार्मि क विश्वास समेत रहि आएको छ ।
भागेश्वर, परशुराम, माहादेव, अशिग्नाम , बेताल, देवताकाे वास गर्ने यश क्षेत्रका पुण्यस्थल मध्येकाे रुपाल जाख,सेउलानिमा रहेकाे गर्ग क्षेत्र पनि एक धार्मिक र आध्यात्मिक भावकाे थलाे हाे । यश क्षेत्रका अन्य, कतिपय देवि देवताका मन्दिर, पर्यटकिय क्षेत्रमा विभिन्न भौतिक संरचना निर्माण भएका छन, राज्य, नेता र नेतृत्वकाे नजर पुगेकाे देखिन्छ भने, गर्ग क्षेत्र अहिले सम्म ओझेलमा रहेकाे छ ।
यश गर्ग क्षेत्रमा अहिले सम्म पनि एक धर्मशाला समेत नबन्नु आफैमा दु:खद पक्ष छ ।
पुराणहरुमा उल्लेख भए अनुसार “जगतगुरु बालसन्त मोहनशरण देबाचार्यको यस तिर्थमा श्राद्ध मात्रै गरे ठूलो पुण्य मिल्ने उल्लेख छ ।
विशेष गरि छ गर्खाका भक्तजनहरु मिलेर यश तिर्थमा धर्मशाला ,शिबमन्दिर र गर्ग ऋषिको आश्रम लगायतका भौतिक संरचना मात्रै निर्माण गर्न सके यस तिर्थकाे गरिमा बढ्ने स्थानिय वुढापाकाहरुकाे भनाइ छ ।
सडक पुगेकाे छ स्तराेन्नति हुन सक्याछैन ।
तशर्थ स्थानिय, प्रदेस र केन्द्र सरकारकाे नजर यहाँ जान जरुरि छ ।
याे तिर्थ परशुराम ऋषि जस्तै एक महान सन्यासि ऋषिकाे तप गरेकाे तिर्थ हाे ।
।यश तिर्थमा , बिबाह, ब्रतबन्ध लगायतका धार्मिक कार्यका लागि उपयुक्त मानिन्छ ।
