पबित्रा रोकामगर,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिका वडा.न ६ स्थित वाढि प्रभावित ग्रामिण सुमदायमा निड्स नेपाल, कञ्चनपुर र अक्सफाम इन नेपालले नागरकिलाई बिभिन्न क्षेत्रमा टेवा दिई रहेको छ ।
परशुराम नगरपालिका जोगबुडा र वडा.न ६ को कार्यालयको समन्वयमा निड्स नेपाल,कञ्चनपुर लक्षित समुदायमा विपद र जिविको पार्जन क्षेत्रमा टेवा दिई रहेको परशुराम नगरपालिकाका नगर–प्रबक्ता तथा वडा.न ६ का अध्यक्ष खगेन्द्र बहादुर सिंहले जानकारी दिए ।
निड्स नेपाल कञ्चनपुरले अक्सफामको साझेदारीमा सरगौडा,ठन्नजाला,थापाथली,सिमखेत र तातापानि बस्तीलाई लक्षित गरि उक्त कार्यक्रम सञ्चालन गरि रहेको उहाँले गाउँघरन्यूज लाई वताए ।
सुक्रवार र शनिवार निड्स कञ्चपुरको साखा जोगबुडाका कोर्डनेटर साहारा जोशीको अगुवाइएमा ति समुदायका कृषकहरुलाई कृषि औजार, सिचाई पाईप, सिचाई मोटर वितरण गरीएको छ ।
बिगत ३ वर्ष देखी निड्स नेपाल कञ्चनपुरले अक्फाम ईन नेपालको साझेदारीमा वडा.न ६ मा विपद जोखिम न्यूनीकरण र जिबिको पार्जनको क्षेत्रमा काम गर्दै आएको निड्स नेपाल जोगबुडा साखा कोर्डनेटर साहारा जोशीले गाउँघरन्यूज लाई वताईन ।
हामीले यो क्षेत्रमा बिभिन्न दात्रि निकाय संगको साझेदारीमा नगरपालिकाई सघाउने गरि वडा.न ६ का लक्षित समुदायमा उहाँहरुको दैनिक जिविको पार्जन र विपद जोखिम न्यूनीकरणमा टेवा दिई रहेको ऊनले वताईन ।
दात्रि निकाय र निड्स नेपालको आवश्यक सुचाङ्कका आधारमा वडा.न ६ का ५ समुदायहरु परियोजनाको छनौट सुचिमा परेका छन ।
परियोजना निकै प्रभावकारी समेत रहेको परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर (जोशी)ले वताए ।
लक्षित बस्ती र समुदायमा सिचाईका निकै समस्या रहेको त्यहाँका समुदायको मागमा आधारित जलवायु उत्थानसिलता तथा विपद जोखिम न्यूनीकरण परियोजना अन्तरगत शुक्रवार लक्षित समुदाय सरगौडा, सिमलखेत, ठन्नजाला, थापाथली र तातापानीका करिब २ सय बढि घरधुरीहरु संस्थावाट प्रतक्ष र अप्रतक्ष रुपमा लाभान्वीत रहेको परियोजना,जोगबुडा साखा कोर्डनेटर साहारा जोशीले वताईन ।
शुक्रवार मात्रै ति समुदायका ९ थान, काट्ने मेसीन, ५ थान चेम्फा, ९ थान, स्प्रे टंकी, र २ र ३ कुन्टल क्षमताका २५ थान अन्नभण्डारणका लागि ड्रम, र सिचाई प्रयोजनका लागि ४ हजार मिटर सिचाई पाईप र ४ थान २ एचपिको सर्मसियल मोटर वितरण गरीएको जोशीले जानकारी दिईन ।
हाम्रो लक्ष्य कृषक तथा ग्रामिण क्षेत्रका नागरिकहरुलाई बढि भन्दा बढि उत्पादनमुखी वनाउने सो क्षेत्रमा टेवा दिने हो जोशीको भनाई छ ।
ऊनले भनिन परियोजना ‘परशुराम नगरपालिकाको समन्वयमा सञ्चालनमा छ, अझै लक्षित समुदायका मागमा आधारित कार्यक्रम सञ्चालत हुन्छन ।
शुक्रवार ति समुदायमा परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर वडा.न ६ का अध्यक्ष खगेन्द्रबहादुर सिह, वडा.न १ का अध्यक्ष लाल वहादुर धामी र लक्षित सुमुदायको उपस्थितीमा माथि उल्लेखित सामग्रीहरु वितरण गरीएको गाउँघर न्यूजलाई उनले जानकारी दिईन ।
बिभिन्न दात्रि निकाय संगको साझेदारीमा निड्स नेपाल कञ्चनपुर र अक्सफामले हाम्रो वडाका बस्ती छनौट गरि जिविको पार्जन र विपद जोखिम न्यूनीकरणमा सहयोग गर्दै आएकोमा आफुहरु निकै खुसी भएको स्थानीयहरुको भनाईछ ।
