पदम जोरा,डडेल्धुरा
डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा पुनः करुणाकर ओझा नियुक्त भएका छन् ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट ओझा अध्यक्षमा दोस्रो कार्यकालका लागि नियुक्त भएका हुन् ।
अस्पतालका मेसु डा.चेतराज भट्टले ओझालाई अध्यक्षमा नियुक्त गरिएको मन्त्रालयको पत्र अस्पताल लाई प्राप्त भएको जानकारी दिएका हुन ।
ऊनका अनुसार एक साता अगाडि मात्रै अस्पतालको अध्यक्षमा नियुक्त भएका लक्ष्मणबहादुर सिंहको मनोनयन बदर गरिएको पत्र पनि अस्पताल लाई प्राप्त भइसकेको छ ।
यसअघि वैशाख १७ गतको मन्त्री स्तरीय निर्णय अनुसार वैशाख २६ गते अस्पतालको अध्यक्षमा सिंह लाई नियुक्त गरिएको थियो । बुधबार नै सिंहले आफ्नो कार्य योजना सार्वजनिक गर्दै पदभार ग्रहण गरेका थिए ।
तर जेठ ३ गतेको मन्त्रीस्तरीय निर्णयले उनको नियुत्ति बदर भएको छ । यस्तै अस्पताल विकास समितिको सदस्यमा देवकी भट्ट र जनकबहादुर मल्ल नियुक्त भएका छन् ।
