बिधुत प्राधिकरणमा पेचिलाे राजनिति

पदम जाेरा,डडेल्धुरा

नेपाल बिद्युत प्राधिकरणले दिने सेवाले जनतालाई दु:ख भएको छ ।

डडेल्धुराकाे बढि जनसंख्या र ठुलाे भुगाेल क्षेत्र परशुराम र आलितालमा दैनिक जसाे बिधुत सेवा अवरुद्द हुने गरेकाे छ ।

उद्याेगि,व्यपारिहरु बिधुत सेवा अवरुद्ध हुदा मारमा पर्ने  गरेकाछन ।

नाेलाइट सेवा जाेगबुडा शाखाले दिने सेवा त झन भनी साद्य छैन ।

नाे लाइट सेवा जाेगबुडा (शिद्धाथान) काे फाेन ०९६-४११०११ मा समस्या  सुनाउन खाेज्न्दा फाेन उठ्नु भनेकाे एकादेशकाे कथा भएको छ ।जहा विभिन्न तहका कर्मचारी हरु दर्जन बढिछन तर , सेवा भने अवरुद्ध रहने गरेकाे परशुराम ९ का सेवा ग्राहि राजु अवस्थिले जानकारि दिए ।

उनी भन्छन, दिनमा १२ घण्टा मा १० घण्टा  बत्ति  जाने गरेकाे छ ।

भाेल्टेज हाइ लाे आउँदा म कार्यरत स्कुल र पसलमा रहेका कम्प्युटर र युपियस जलेकाछन ।

याे त वजार नजिक र शहरकाे पीडा मात्रै हाे ।अझ नगरका दुर्गम  बस्तिमा नेपाल बिधुत प्रा धिकरण डडेल्धुरा वितरण केन्द्रवाट मनपरि ,वाेलवाेलाइमा ठेक्का हुने र कमाउ धन्दामा वितरण केन्द्र देखिएकाे छ ।

परशुरामका दुर्गम बस्तिमा उज्यालाे त परकाे कुराे, पाेल, तार, मिटर पुगेका छैनन

जताततै भताभंग छ लथालिङ्गकाे अवस्था देखिएकाे छ ।

परशुराम वडा. नं २, सहितका अधिकान्स बस्तिमा विधुतिकरणका लागि  गत वर्ष नै टेण्डर भैसकेको भए पनि चुनाव केन्द्नित मात्रै रहेकाेछ त्यहा ।

उता वडा न ८,३,७काे मलास र वडा न ११ काे त कुरा गरि साद्य नै छैन  ।

यहाँको विधुतिकरण चुनावि नारा र प्रचारकाे बिज्ञापन बनेकाेछ ।

चुनाव आउँदा १ महिना वा ६ महिनामा बिधुत वालिदिने नेताहरुले पाेल,तार लाई विज्ञापन वनाइ भाेट ताने तर बस्ति अझै अन्धकारमयछन ।

परशुराम न पा वा नं ३ थपला लगायत धेरै ठाउँमा २०७४ को निर्वाचन हुँदै गर्दा प्रचार सामग्रीका रूपमा बिद्दुत पोलहरु पुगे स्थानीयहरुले निकै उत्साह पुर्बक श्रमदान पनि गरे।

पोल बोके गाडे, त्यसै गरि ०७९ को स्थानीय निर्वाचन पुर्व तार तान्ने कार्य भयो।

पोल गाडिएको ६ वर्ष र तार तानिएको १ वर्षभ भैसकेको छ बिजुली वलेकाे छैन वरु त्यहाका पाेलहरु अन्यत्र लगिएका छन ।

आफै न्याउलाे आफै व्याउलाे हुदा पनि बिधुतमा राजनिति बढि भइरहेकाे १ जना स्थानीयले बताए ।

ठेकेदारले पहिले  श्रमदानमा  भनी पाेल खाेदान गर्न लगाए, पछि आएर घर-घरमा रुपया दिए ।

कारण ठेकेदारकाे कामकाे सुइकाे अर्काे दलले वहिर खाेलिदिए ।

यसरी राजनीतिक घेरामा बिधुत प्राधिकरण रहेका कारण पनि सेवा गुणस्तरीय हुन न सकेकाे हुन सक्ने अनुमान गर्न सकिन्छ ।

कर्मचारी हरु पनि कामचाेर देखिन्छन नाे लाइट सेवा जाेगबुडाका मिटर रिडर देखि,शाखा प्रमुखकाे लापरवाहिले जनता मारमा छन ।

रिडिङ नगरि बिल भुक्तानी , छरपस्ट र अलपत्र तार, घर,आगनमा तार छरपष्ट हुदा पटक-पटक गाई गाेरु र मानिस समेत करेन्ट लागेर ज्यान गुमाएकाे अवस्था यहाँ छ ।

मनपरि सटडाउन माग्ने, ठेकेदारकाे कहि घर,भवन,ठेक्कामा भनसुनमा विधुत सेवा दिने ।२०७७ काे घटना हाे, राम बिष्टकाे पाेलकाे ठेक्का ट्रकमा पाेल आए परशुराम ८ जमरानिका लागि तर वाटाेमा अपहरण भए ।यसरी बिधुतमा पेचिलाे राजनितिले जनता अध्याराेमा बस्न बाध्य छन ।

bb

Leave A Reply

Your email address will not be published.