पदम जाेरा ,डडेल्धुरा
नेपाल कम्युनिस्ट पार्टि,डडेल्धुरा इन्चार्ज तथा पुर्व सुदुरपशिच्म प्रदेश भौतिक पुर्ववाधार बिकास मन्त्री पठानसिह वाेहरा आफ्नो फेसबुकमा यसरी लेख्छन मनभण्डारि सितकाे भेटकाे पल ।।
मेराे जननेता कमरेड मदन भण्डारी संग धेरै भेटघाट हुने अवसर हुँदा-हुँदै पनि त्याे अवसरबाट संधै का लागि बन्चित रहनु पर्याे । म उच्च शिक्षा अध्ययनकाे सिलसिलामा काठमाडौं थिए ।
साेहि दौरानमा २०४६ काे संयूक्त जनआन्दाेलनमा सक्रिय सहभागी हुने अवसर पनि पाएकाे थिए । जन आन्दाेलनले पञ्चायत काे अन्त्य र बहुदलिय प्रजातन्त्र काे पुन:र्स्थापना गरेपछि उपत्यकामा आयाेजना हुने विशाल जनसभा मा कमरेड मदन भण्डारि काे सम्वाेधन गर्ने तालिका थियाे ।
मैले कमरेड मदन भण्डारि लाई पहिलाे पटक प्रगतिशिल राष्ट्रय युवा संघ को बिशाल आमसभामा देखेकाे र भेटेकाे सम्झना छ ।
त्यसकाे झण्डै ४ वर्ष पछि क.मदन भण्डारि र क.जिवराज आश्रीत काे जीव दुर्घटनामा मृत्यु भयाे ।
अर्काे भेट पार्टी कार्यालय बागबजारमा भएको हाे । भाइ गम्भीर सिंह ऐर र म दुबै जना गएका थियाै , कार्यालयमा कमरेड प्रदिप नेपाललाई भेट्याै । उहाँले त्यति बेला आफुलाई संजय थापाका नामले आफ्नाे परिचय दिनु भएकाे थियाे ।
उहाँ संग छुट्टिएर हामी अर्काे काेठा मा पस्याै र पत्र पत्रिका पढ्न थाल्याै । त्यसै बेला हामी बसिरहेकाे काेठामा क. मदन भण्डारि टुपुलुक्क पुग्नु भयाे ।
भित्र छिरे पछि वहाँ ले हामी लाई ” हामी यता बस्छाै , तपाईहरु अर्काे काेठा मा बस्नु हुन्छ ? ” भनेर भनेका ती शब्दहरु अहिले पनि कान मा गुन्जिरहेकाे जस्ताे लाग्छ । अनि हामी ले अभिबादन गर्दै अर्काे काेठा मा गयाै ।स्व क. मदन भण्डारि ज्यु सितकाे भेटघाटमा हुने बाेली व्यवहार झनै लाेभ लाग्दाे र प्रेरणायूक्त अनुकरणीय पाईन्थ्याे ।
तेस्राे भेट २०४८ चैत्र २४ गते जाेगबुडाकाे आम सभामा हाे । २०४८ सालकाे चैत्र तिर उहाँ सुदूरपश्चिम भ्रमण हुनुहुन्थ्यो । साेहि अभियान अन्तरगत जाेगबुडा ( लालढुङ्गा ) मा विशाल आमसभा आयाेजना गरिएकाे थियाे । उक्त आमसभा काे संचालक म आफै थिए ।
उक्त सभाकाे अध्यक्षता तत्कालीन जिल्ला कमिटी डडेल्धुरा का सचिब कमरेड गाेबिन्द प्रसाद कलाैनी हुनुहुन्थ्याे भने सभाका अर्का वक्ता तत्कालिन महाकाली अञ्चल ईन्चार्ज हाल केन्द्रीय उपाध्यक्ष कमरेड बिष्णु पाैडेल हुनुहुन्थ्याे ।
आमसभा भब्यरुपमा सम्पन्न भएकाे थियाे । उहाँ सितका ३ पटक भेट र भलाकुसारि मेरा लागि महत्वपूर्ण र ऐतिहासिक छ ।
उहाकाे रहस्यमय जिप दुर्घटनामा मृत्यु भएको ३० वर्ष पुगेकाे छ ।
तत्कालिन महासचिवकाे जिम्मेवारीमा रहनु भएका क. मदन र क. जिवराज सवार जिप दुर्घटनामा परि २०५० साल जेठ ३ गते आज कै दिन निधन भएको हाे ।
उहाहरु दुवै जनामा हार्दिक श्रद्धासुमन ।
