शुरेस चन्द डिसि
परशुरामधाम सव डिभिजन वन कार्यालय, जोगबुडाका, अधिकत शुरेस चन्द डिसिले हात्तिको आक्रमण वाट बच्न आम नागरिकलाई अपिल गर्नु भएको छ ।
(केही महिनादेखि लगातार भारतबाट हात्ती (हाथी) आएर परशुरामधाम वरपर परी गाउँमा बालीनाली नास्दै आएको र
परशुराम नगर पालिकाको कार्यालयबाट यस सम्बन्धमा पत्राचारसमेत भएको संवेदनशीलतालाई मध्यनजर गर्दै )
– हात्ती धर्तीको ठूलो स्थलचर जनावर हो ।
– यो ओरांगउटान, चिम्पान्जी, डल्फिनपछिको बुद्विमान जनावर हो ।
– हात्तीको पोथीलाई ढोई, भालेलाई मत्ता, बच्चाबच्चीलाई छावाछावी भनिन्छ ।
– हात्ती बस्ने ठाउँलाई हात्तीसार र चलाउने मान्छेलाई माहुते भनिन्छ ।
– ढोईको दुध अगाडि खुट्टा बिचमा हुन्छ । मान्छेको जस्तै दुईवटा थुन हुन्छ ।
– संसारमा हात्ती पोलो चितवनमा मात्रै खेलिन्छ ।
हात्तीबाट बच्ने तरिका
१ – आत्मविश्वास
अचानक हात्ती अगाडि आए हात फैलाएर ठिङ्ग उभिने,
हात्ती जति नजिक आए पनि भाग्ने, घोप्टो पर्ने काम नगर्ने।
यसो गर्यो भने हात्ती फर्किन्छ ।
२ – खुर्सानी विधी
साथमा सधै खुर्सानीको धूलो राख्ने र हात्ती नजिक आउँदा हात्तीतिर उडाई दिने,
र आफ्नो जीउमा पनि छर्किने किनकी हात्तीलाई खुर्सानी पटक्कै मन पर्दैन ।
– हात्तीले लखेट्यो भने टाढा भए त भाग्न सकिएला तर नजिक भए भाग्न लगभग असम्भव हुन्छ किनकी हात्तीको गती मानिसको भन्दा दोब्बर हुन्छ ।
लगभग २५ कि.मी. /घण्टा ।
हात्तीबाट कसरी बाली बचाउने..
१ – हात्ती आई राख्ने क्षेत्रमा हात्तीले मन पराउने उखु, केरा,बाँसको सट्टा हात्तीले नखाने ड्रेगन, फ्रुट, कागती, अमिलाजस्ता काँडेदार बिरुवा लगाउने, यस्तै बिरुवाले खेतबारीबाट घेर्ने ।
२ – बारीको वरीपरी मौरीका घारहरू राख्ने
जसले गर्दा एकातिर मह पनि हुन्छ अर्कोतिर हात्ती पनि भाग्छ ।
३ – हात्ती आई रहने क्षेत्रमा प्रयोग गरेको (Used) मोबिलमा खुर्सानीको धुलो भिजाएर त्यो लेदोलाई हात्ती आउने बाटो वरपर दली दिने ।
त्यो लेदोले कपडा भिजाएर ठाउँ ठाउँमा झुन्डाई दिने ।
३ – हात्ती आउने बाटोमा पटाखा पड्काए पनि हात्ती भाग्छ ।
पटाखा नभए ठूलो डि.जे. , माईकमा बम पटाखा पड्किएको आवाज पनि बजाउन सकिन्छ ।
अन्तमा,
जब जब हात्ती आउँछ तब तब केही अनाडीहरूले फलानो ठाउँमा “हात्ती आतंक” भनेर धर्ती ठूलो गजराज (हात्ती) को आगमनलाई बदनाम गरे पनि खासमा
हात्ती खानाको खोजीमा आएको हुन्छ ,
न कि कुनै आतङ्क मच्चाउन ।
Simply,
खान पाएपछि अघाउछ, फर्किन्छ ।
४ – यसैले यदि कतै हात्तीले घरभित्रै छिरेर जाँड अन्न खाने गरेको छ भने त्यहाँ साँझ पख सबैले आँगनमा अलिअलि अन्न, फलफूल र जाँड राखी दिने गरौं।
राती हात्ती आएछ भने खाएर फर्किन्छ ।
