पदम जोरा,डडेल्धुरा
नेपाल कम्युनिष्ट पार्टी एमाले परशुरामले ३० औं मदन ,आश्रित स्मृति दिवस मनाएको छ ।
नेकपा एमालेका तत्कालीन महा–सचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा परि निधन भएको ३० वर्ष पुगेको सम्झनामा एमाले परशुरामले दिवस समारोह भब्यताका साथ मनाएको हो ।
वि.सं.२०५० साल जेठ ३ गते आजकै दिन पोखरामा भएको एमालेको जिल्ला अधिबेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा जादै गर्दा भण्डारी र आश्रित चढेको पजेरो जीप दुर्घटनामा परेको थियो ।
दुर्घटनामा जिप चालक अमर लामा जिवित रहनु र पछि उनको हत्या हुनुले नागरिकहरु उक्त दुर्घटना लाई रहस्यमय मान्दै आएका छन ।
उहाँहरुको सम्झनामा नेकपा एमालेले आज्को दिन हरेक बर्ष मदन अश्रित स्मृति दिवस मनाउदै आएको छ ।
सोही अनुसार एमाले परशुरामले पनि मदन आश्रित प्रतिष्ठान भवनको शिलान्यास गरि दिवस मनाएको एमाले परशुराम अध्यक्ष ओम प्रकाश जोशीले जानकारी दिए ।
मदन आश्रित प्रतिष्ठान डडेल्धुरा अध्यक्ष एबम् जिल्ला कमिट सदस्य हरिप्रसाद जोशीको अध्यक्षता र नेकपा (एमाले) पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावलको प्रमुख आतिथ्यतामा भवन शिलान्यास गरिएको एमाले जिल्ला संगठन समिति सदस्य केशवराज अवसथीले जानकारी दिए ।
कार्यक्रममा जमीनदाता करन बहादुर खड्का दम्पत्ति, जमीनदाता शेर बहादुर सुनार, प्रदेश कमिटी सचिवालय सदस्य हरिप्रसाद भट्ट, प्रदेश कमिटी सदस्य तथा बेदकोट नगरपालिकाका पुर्व मेयर अशोक चन्द, नेपाली कांग्रेस वीपीका प्रदेस सदस्य गणेश प्रसाद जोशी,वडा नं १२ का अध्यक्ष महाविर कामी, शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्राविधिक गोपाल भाट सहित नेता कार्यकर्ताहरुको सहभागितामा ३० औं मदन आश्रित दिवस तथा प्रतिष्ठान भवन शिलान्यास गरिएको अवस्थीले गाउँघरन्युज लाई जानकारि दिए ।
