डडेल्धुराको परशुराम ८ मा झाडापाखाला फैलियो

पदम जोरा,डडेल्धुरा

डडेल्धुराको परशुराम नगरपालिका वडा.न ८ को गुप्तेगडा हुदै अन्य बस्तीमा समेत झाडापाखालाको संक्रमण फैलिएको पाइएको छ ।
गत मंगलवार वडा.न ८ को गुप्तेगडाकी १४ वर्षिय वालिका संगिता धामीको मृत्यु भए पश्चात स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण लाई तिब्रता दिएको छ ।
परिक्षणका क्रममा करिब २ सय बढिमा झाडापाखाला पाइएको स्वास्थ्य साखा परशुरामका संयोजक तेजवहादुर सिंहले वताए ।
उनले भने, परिक्षणका दौरानमा १ जनामा हैजाको संक्रमण देखीएको छ भने, अरुहरुमा झाडापाखाला छ, अझ परिक्षण र रोग नियन्त्रणको प्रयास साखावाट जारी छ ।
गुप्तेगडा सहित वडा.न ८ को माथिल्लो बस्तीमा खुल्ला दिसा,पिसाप हुने र फोहर पानी, वासीखाना, सरसफाइको कमीका कारण संक्रमाण्म फैलिएको हुन सक्ने ऊनले वताए ।
झाडापाखाला नियन्त्रणका लागि हाम्रो प्रयास जारी रहेका समेत उनले जानकारी दिए ।
हामीले झाडापाखाला फैलिएको खवर पाए लगत्तै जोगबुडा अस्पताल स्वास्थ्य साखा वाट टोली खटिई नागरिकको स्वास्थ्य परिक्षण गरी रहेकाछौं ।

स्वास्थ्य कार्यालय डडेल्धुरा वाट पनि शुक्रवार टोली उक्त क्षेत्रमा आउदैछ ।
परशुराम स्वास्थ्य साखा ,नगरपालिका राजनतिककर्मी, जनप्रतिनिधीहरु, संचारमाध्यम,सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबै वाट झाडापाखाला नियन्त्रणको प्रयास भई रहेको छ संयोजक सिहले वताए ।
स्थलगत रुपमा त्यहाका नागरिकलाई पानी उमालेर पिउने, खानाखानु अघि र सौचालय गई सकेपछि सावुन पानीले हात धुने भन्दै सचेतना दिई रहेकाछौं ।
मौसम परिर्वतन वनमा डढेलो लागेर केही दिन अगाडी वर्षा भएका कारण पनि पानीका मुहानहरुमा बिभिन्न जिवाणुहरुको वगेर आएको हुदाँ यो संक्रमण फैलिएको अनुमान गर्न सकिन्छ संयोजक सिंहको भनाई ।
विगतमा पनि वडा.न ८ मा हैजा फैलिएको थियो,जिल्ला स्थानीय सबै क्षेत्रको सफल प्रयास वाटा नियन्त्रण भएको उनले वताए ।
१ जना बहिनी संगिता धामीको अल्पआयुमै मृत्यु भएकोमा हामी निकै दुःखीत भएकाछौ ।
यो झाडापाखाला नियन्त्रणमा छिट्टै आउछ, कोही पनि आत्तिन अनुरोध गर्दछु उनले थपे ।

bb

Leave A Reply

Your email address will not be published.