सिमलखेत बस्ती वचाउ तटबन्ध सुचारुका लागि वडान. ६ को कार्यालय लाई परिपत्र

पदम जोरा,डडेल्धुरा

शूदुरपश्चिम प्रदेश भौतिक पुर्वाधार बिकास मन्त्रालय अन्तरगत जलश्रोत तथा सिचाई डिभिजन कार्यालय, डडेल्धुराले परशुराम नगरपालिका वडा.न ६ को कार्यालय एक परिपत्र जारी गरेको हो ।
रंगुन नदि अन्तरगत सिमलखेत वस्ती बस्ती वचाउ तटबन्धका लागि उपभोक्ता समिति गठन गर्न परिपत्र जारी गरेको वडा.न ६ का वडा अध्यक्ष खगेन्द्र वहादुर सिहले जानकारी दिनु भएको छ ।
जलश्रोत तथा सिचाई डिभिजन कार्यालय,डडेल्धुराको आधिकारिक लेटरप्याडमा मिति २०८०÷०१÷२८ को च.न ४३७ को पत्र प्राप्त भएको सिहंले गाउँघरन्यूज लाई जानकारी दिए ।
परशुराम नगरपालिका वडा.न ६ सिमलखेत वाढि पिडित संघर्ष समितिले बिहिवार पक्की तटबन्धको माग सहित परशुराम नगरपालिका घेराउ गर्दै आन्दोलन गरेको थियो ।
२०७९ साल आसोज ३० देखी कार्तिक ३ गते सम्मको वर्षाका कारण रंगुन नदि अन्तरगत मसानेथानको तटबन्ध भत्कीदा बस्तीमा वाढि पसि स्थानीयहरुको लाखौको अन्नवाली, पसल,पशुचौपाया, र खेतीयोग्य जमिन वगरमा परिणत भएको थियो ।
संघर्षए समितिले पटक–पटक नगरपालिका, नगर–प्रमुख, प्रदेश सांसद, प्रदेश भौतिक पुर्वाधार मन्त्री समक्ष आफ्ना मागहरु ज्ञापन–पत्र र भेटेरै राख्दै आएका थिए ।
परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशी र नगर–प्रवक्ता समेत रहनु भएका वडा.न ६ का अध्यक्ष खगेन्द्र वहादुर सिहं दुवै जना सिमलखेत वाढी पिडितका समस्या समाधानका लागि सिमलखेत बस्ती वचाउ तटबन्ध योजनाको माग गर्न प्रदेश राजधानी धनगडीमा रहेका वेला संघर्ष समितिले आन्दोलनका कार्यक्रम अगाडी सारेको थियो ।
बुधवार दिउसो नगर–प्रमुख र वडान. ६ का अध्यक्ष खगेन्द्र वहादुर सिंहले जलश्रोत तथा सिचाई डिभिजन कार्यालय,डडेल्धुराले वडा.न ६ लाई जारी गरेको परिपत्र आन्दोलन कारीलाई बुझाई आन्दोलन तत्कालका लागि स्थगित गरिएको संघर्ष समिति संयोजक भान बहादुर साउँदले जानकारी दिनु भएको छ ।
सुक्रवार जलश्रोत तथा सिचाई डिभिजन कार्यालय,डडेल्धुराको प्राबिधिक टोली र नगर–प्रमुख सहित जनप्रतिधीको टोली स्थालनगत रुपमा वाढि पिडीत क्षेत्रमा गई प्रकृया अगाडी बढ्ने वडा.न. ६ का अध्यक्ष खगेन्द्र वहादुर सिंहले जानकारी दिएकाछन ।
मलाई सिमलीखेत वाढि पिडीत जनताको पिडा सवै थाहा छ, पटक–पटक मन्त्रालय, केन्द्र सम्म धाएका छौ केही प्रकृयामा ढिलो हुन गएको छ ।
बैसाख ८ गते प्रदेश भैतिक पुर्वाधार मन्त्री प्रकास देउवा , प्रदेश सांसद सरस्वती खड्का , काँग्रेस डडेल्धुरा सभापती भीम बहादुर साउँद, प्रदेश सचिवहरुको सयुक्त टोलीले सो क्षेत्रको स्थलगत निरिक्षण गरी प्राथमिकतामा राखि बैसाख २८ मा परिपत्र नै जारी गरि सकेको अध्यक्ष खेगन्द्र वहादुर सिहंले जानकारी दिए ।

bb

Leave A Reply

Your email address will not be published.