परशुराम ४ पोखरीको शिवर्पावती माबिमा अंग्रेजी माध्यमबाट पढाइ सुरु

पदम जोरा,डडेल्धुरा

डडेल्धुराको परशुराम नगरपालिका वडा.न ४ कटाल पोखरी स्थित शिवर्पावती माबिले अङ्ग्रेजी माध्यमवाट पढाइ सुरु गरेको गरेको छ ।
नयाँ शैक्षिक सत्र २०८० देखी प्राथमिक तहमा अंग्रेजी माध्यमवाट पठन–पाठन सुरु गरेको विद्यालय प्रधानाध्यापक तेज वहादुर बिष्टले गाउँघरन्यूज लाई जानकारी दिए ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गा गिरीका अनुसार पुर्व प्राथमिक तह देखी नै अग्रेजी माध्यमवाट पठन–पाठन सुरु गर्न लागिको उहाँले जानकारी दिए ।


पटक–पटक विद्यालय सेवा क्षेत्र भित्रका अभिवाबक संग छलफल गरि शैक्षिक क्षेत्रमा नयाँ आयाम कायम गर्न अङ्ग्रेजी माध्यमबाट पठन–पाठन सुरु गरेको उहाँले वताए ।
अङ्ग्रेजी भाषामा विद्यार्थीको सिकाई राम्रो हुने भएकाले नर्सरी देखि कक्षा १,२,३ सम्म यो शैक्षिक सत्रमा अङ्ग्रेजी विषय पठन पाठन गर्न लागिएको उहाँले जानकारी दिए ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी अङ्ग्रेजी विषयमा कमजोर भएको तथ्याकं लाई अध्ययन गरि हामीले अग्रेजी माध्यमवाट पठन पाठन सुरु गरेका छौ अध्यष गरिीको भनाई छ ।
समुदाय र विद्यालयको शैक्षिक गुणस्तरमा कसरी त टेवा पुग्छ भन्ने उदेश्य बोकेर यो अभियान सुरु गरिएको हो ।
अंग्रेजी विषयको पठन–पाठनले वालवालिकाको पढाईमा सुधार गर्न खोजिएको छ ।
अहिले अङ्ग्रेजी भाषा बिना केहि पनि गर्न नसकिने अवस्थालाई मध्यनजर हामीले यस क्षेत्रमा नौलो अभियान थालेका छौं ।
सबै क्षेत्र वाट साकारात्मक सहयोग, सुझावको अपेक्षा लिइएको छ, प्रअ बिष्टले थपे ।
सामुदायिक विद्यालयमा सरकारको लगानी छ, अझै किन अभिवाबक संस्थागत तिर वालवालिकालाई भर्ना गर्टन त भन्ने विषयमा गहन अध्ययन गरि , यो पनि अभ्यास गरि रहेका छौं उहाले बताए ।
अङ्ग्रेजी माध्यमको पढाईले विद्यार्थीको सिकाईमा सहजिकरण गर्ने कामको सुरुवात गरिएको छ, उहाँले वताए ।
परशुराम नगरपालिकाको १३ औं नगरसभाले पनि नीति तथा कार्यक्रममा नगरपालिकाको समग्र शैक्षिक गुणस्तर सुधारका लागि प्रबिधि मैत्री र समय सापेक्ष वनाउनेमा जोड दिइएको थियो ।
वडा.न ४ को पोखरी कटालमा स्थित शिवर्पावती माबिले अङ्ग्रेजी माध्यमवाट पठन–पाठन सुरु गरेकोमा यो निकै साकारात्मक र शैक्षिक सुधारको सफल अभ्यास भएको वडा.न ४ का अध्यक्ष बिश्राम सिह बोहराले वताए ।

 

bb

Leave A Reply

Your email address will not be published.