भीमसेनको कुर्माञ्चल यात्रा

पौराणिक कथा

वैदिक सनातन धर्ममा बिश्वास गर्ने प्राय सबैजसोले तीर्थ यात्रा गरेकै हुन्छन। तीर्थ स्नान,तीर्थमा दान तर्पण,यज्ञ यज्ञादी गर्ने गरिएको हुन्छ । तीर्थयात्रा हरेक युगमा गरिएको पाइन्छ । देवता, ऋषिमुनिबाट तीर्थ निर्माण भएका छन । तीर्थहरु र तीर्थको महत्वका बिषयमा विभिन्न पुराण आदि ग्रन्थहरुमा उल्लेख पाइन्छ ।हजारौं तीर्थ मध्येको अति नै महत्वपुर्ण तीर्थ परशुराम पनि हो । पुराणमा उल्लेख गरेको सिमा हेर्दा मानसखण्डको कुर्माञ्चल पर्वतमा एला र श्यामाको संगममा परशुराम तीर्थ रहेको छ ।
तीर्थ यात्राको पनि योजन हुन्छ । कुरुक्षेत्रको युद्ध पछि युद्धका घाउमा मलम लगाउन ,युद्धका तीता फल बिर्साउन पाण्डवले तीर्थाटन शुरु गरेका थिए । तीर्थ यात्राको क्रममा वनबासको समय बसेको पाण्डवीवन लगायत कुर्माञ्चलका विभिन्न तीर्थमा पुगि तीर्थ अनुरुपका अनुष्ठान गरेका थिए।
पाण्डवका लागि कुर्माञ्चाल नया ठाउँ होइन । वारणावत घटना पछि का दिन एक चक्र नगर लगायत कुर्माञ्चालका विभिन्न स्थानमा बसाई गरेका थिए । त्यही गरि बाह्र बर्ष वनवासका क्रममा पनि लामो समय कुर्माञ्चाल क्षेत्रमा बास गरेका थिए । कुर्माञ्चलका हरेक स्थान सामुहिक रुपमा र एक्ला–एक्लै पनि पाण्डुपुत्रहरुले बिचरण गरि सकेका थिए । महावली भीमसेनको कुर्मांञ्चल यात्रा पुत्र घटोत्कचको व्यवस्थापनका लागि पाण्डवी नदिबाट शुरु भएको थियो । पाण्डव वन तथा पाण्डवी नदिबाट शुरु गरिएको यात्रा निरन्तर रह्यो ।
सिद्धयोगी संगै तमाम तीर्थ पुग्दै परशुरामतीर्थ लगायत अन्य तीर्थमा पुगे । महाकाली नदि तटका तीर्थ स्नान गरि पुर्णादेवीको दर्शनका लागि पुर्णागिरि पुगे जहा वनवासका समय पनि पाचै भाइले जगदम्बा भगवतीको प्राथना गरेका थिए ।भवानीको असिम अनुकम्पाले एक वर्षको गुप्तबास सहज संग पुरा गरेका थिए । सधै देवीको अनुकम्पा रहेको उल्लेख गरि देवीको स्तुति गरे ।
हरेक गाह्रो अप्ठ्यारोमा भवानीको अनुकम्पा रही आएको थियो । हे देवी तिमी सर्व शुलभे हौ भक्तले आपत विपतमा जहाँ जस्तो अवस्थामा स्मरण गर्यो त्यहि उसको उद्धार गरिदिने परा जननी हौ । योगमाया हरिप्रिया महादेवीलाई मेरो सादर नमन छ । लोकहितका कार्य गर्ने हे देवी शुम्भ निशुम्भ जस्ता राक्षसलाई कालापासामा बाधेर प्राण लिनु भएको हो । देवलोकमा समेत पुजनीय महेन्द्र पर्वत निवासी महात्मा परशुराम जी बाट समेत पुजित कालरात्री महारात्री र योगरात्री नामले पुकारिने हे शिवप्रिया जो बिन्ध पर्वतमा निवासित हुनुहुन्छ । जुन कुमारजी कि माता रुपमा जान्दछन । सधै मंगलप्रदान गर्नु हुने नन्दगोप कन्या भनि चिनिने पार्सद गणबाट सेवा गरीएकि संसारका सबै पाप तारण गरिदिने लोककल्याणी जीवन दाइनी माता मेरो सबै दुःख दुर गरि दिनुहोस् । जुन उदेश्य लिएर अगाडी बढेको छु , पुरा गराई देउ । पुर्णादेवीको स्तुति गरि मनकामना पुरा हुने वर पाएर श्यामा र सुतटी संगममा स्नान गरि सिद्धनाथको दर्शन गर्न पुगे । स्वयं प्रजापति ब्रह्माजीले तपस्या गरेको ब्रह्मतीर्थ हुँदै ब्रह्माजी बाटै वेदयज्ञ गरिएको वेदकोटमा पुगि वैद्यनाथको दर्शन गर्न पुगे ।
भीमसेनको तीर्थ यात्रा निरन्तर रह्यो पुनः परशुराम तीर्थमा पुगे । तीर्थबासको निकै ठुलो महत्व रहि आएको छ । परशुरामतीर्थमा माघ महिनाको बसाई लाई कल्पवासका रूपमा लिइन्छ । सिद्धपुरुष संगको यात्रा निरन्तर छ । त्यसै बिचमा शिवयोगीको दर्शन भयो सिद्ध पुरुष र शिव योगीले तमाम तीर्थको दर्शन गराए सबै ठाउँको महत्व बताउदै गए । परशुरामतीर्थमा स्नान गरि महाकालीको जलले शिवालयहरुमा बिधिपुर्वक रुद्राभिषेक गराए । शिवयोगीले पर्वतको महत्व बताए । पर्वतमा अवस्थित देवस्थलका बिषयमा बताए । रेणुका नदीका उत्तर तिर रुद्रा नदि बगेकी छन् । रुद्रा शिवजीको पाउबाट बगेकी छन । रुद्रा बगेकै पुर्व तिर धुन्धुपर्वतमा भगवान भागेश्वरको निवास छ । भागेश्वर भगवानको सिद्ध गन्धर्व योगिनी देवता गण निरन्तर आराधना गर्दछन । दुग्ध वा जल धाराले रुद्राभिषेक गरि भागेश्वरको पुजा गरेमा परमगति पाइन्छ । त्यसै गरि देव नदिको तटमा सदाशिव भगवानको अशिग्राम स्वरूपको निवास छ । त्यहि रहेका घटोत्कचलाई लगेर गण्डकी नदीको तटमा व्यवस्थापन गर्नु पर्ने थियो । शिव योगी र सिद्धयोगीको सुझाव अनुरुप नै गरि भीमसेन गण्डकी किनार पुगे त्यहाँ रहेको तलाउ फुटाउने र त्यहाँ हरियाली बनाउने जगदम्बा भवानी संग वर पाएका थिए । आफ्नो लोहदण्डले कुम्भकर्णको गण्डस्थलले नदि थुनिएर जलाशय भएको वाधलाइ फुटाए लोहदण्डको प्रहार बाट प्रवाहित भएकी नदि लोहावती नामले प्रसिद्ध भइन। गण्डकी र लोहवतीको संगममा घटोत्कचको बासको प्रवन्ध मिलाए ।देवनदि तटमा रहदा घटोत्कच महाशक्तिशालि भएर रहेका थिए ।भुतप्रेत लगायत का गणहरु संग बसेका थिए ।घटोत्कचले देवमय दिब्य स्वरूप पाई दिब्य शिव गणका रुपमा पुजनीय भएका थिए । देवतटमा वरदिने भय हर्ने शिवगणका रुपमा प्रतिष्ठित भएका थिए ।भगवान कृष्ण बाट दिब्यदेह प्राप्त गरि पुजनीय हुने वर घटोत्कचले पाएका थिए ।कुरुक्षेत्रको लडाईमा वीर गति पाएका धेरै दानवहरुले पनि त्यसैगरी पुजनीय हुने वर पाएका थिए। यसरि वर पाएका दानौ हरु लाई वरदानौ भनिन्छ ।शिवालयहरुमा वर दानौको फरक फरक भूमिका दिइएको हुन्छ ।वर दानौका रुपमा घटोत्कच संगै पासाराय ,कालिसैन,गोरिल,कैलपाल ,,नौलो लाइ पनि लिइन्छ । सबै वर दानौ पुजनीय छन र आआफ्नो भूमिकामा पनि छन् ।

बागेश्वर क्षेत्र कुम्भकर्णको टाउकोले नदी थुनिएर जलाशय भएको थियो। त्रेतायुगमा कुम्भकर्णले शिवजी बाट वर माग्दा नेरो टाउको लंकामा नपरोस भन्ने वर मागेका थिए। सोहि अनुरुप कुम्भकर्णको वध हुदा हनुमान ले आफ्नो वायु गति संगै कुम्भकर्णको टाउको कुर्माचलको बागेश्वर क्षेत्रमा पु¥याएका थिए । कुम्भकर्णको गण्डस्थले नदि थुनिएर जलाशय बनेको थियो । उक्त नदि गण्डकी थिइन् ।जलाशय रहेको स्थान घटोत्कचको स्थान थियो । देवीको असिम अनुकम्पाले भीमसेनले लोहदण्डको प्रयोग गरि गण्डस्थल फुटाएर जलाशय खाली गराई हरियाली पारेका थिए । त्यही दानव हरु को निवास थियो । लोहदण्डले फुटाएर नदि प्रवाहित भएकाले लोहवती कहलाइन । गण्डकी र लोहावतीको संगममा घटोत्कचको निवास बनाएयो । हिडम्वा पनि आफ्नो पुत्र रहेकै स्थान मा आइन । हिडम्वाको पनि घटोत्कच संगै पुजा गरिने पद्दती बसालियो । आफ्नो र छोराको उचित सम्मान भएको हिडम्वा निकै खुसी भइन । दानवहरु पनि पुजनीय भएकोमा सारा दानव गणपनि खुशी भए। सिद्धपुरुष र शिवयोगीले भीमसेनलाई यात्रा अवधी भर सघाई रहेका थिए । हरेक नया स्थान त्यहाको परिवेश सबै बताई सहजीकरण गरिरहेका थिए । गण्डकीको जलाशय मा ठुलो बस्ती पुरिएको थियो त्यहा अवस्थित बागेश्वर मन्दिर पनि बिस्थापित थियो । जलाशय खाली गराई हरियाली भए पछी सबै पूर्ववत हुन् गए । कुर्मांञ्चल यात्राको उद्येश्य पुरा गरि भीमसेन त्यहाबाट फिर्ता भए । कूर्माञ्चलको यात्राबाट फर्किदा त्यहाका तीर्थहरु र देवस्थल पुगि तीर्थ र देवस्थल अनुरुपका कृत्य हरु सम्पन्न गरे।
भीमसेनले लोहवती प्रवाहित गरि घटोत्कचको ब्यवस्था गरे पछि त्यस क्षेत्रमा रहेका तीर्थहरुको यात्रा दर्शन ,स्नान ,दान,तर्पण लगायत तीर्थकर्मलाई निरन्तर राखे ।कूर्मपर्वत देवभूमी देवतटका रूपमा रहेको छ।शिवपुर ,बिष्णुपुर सहित भुवनेश्वरीको निवास रहेको क्षेत्र हो। यस क्षेत्रमा परशुरामतीर्थलाई निकै महत्व र पवित्र मानिएको छ।परशुरामतीर्थमा भगवान शिवजीको सोल कलाका स्वरुप रहेका छन । सुरभागको तटमा रहेका सोल शिवालय सबै शिखरमा अवस्थित छन । परशुरामतीर्थमा स्नान गरि शिखरमा रहेका शिवालयमा रुद्राभिषेक गर्नु पर्ने हुन्छ। भार्गवबाट पुजित भागेश्वरमा भीमसेनले पनि दुग्ध र जलबाट अभिषेक गरे । धुन्धुगिरी नजिकै भुवबेश्वरीको निवास थान थियो।जहाँ अष्टमी र चतुर्दशी मा पुजा गर्ने प्रावधान छ।त्यहा पनि पुजा अर्चना स्तुति गरे । कूर्मपर्वतमा नै कपालीघोराघोरी,शम्सानीभुत योगिनी सहित देवीको उग्रतार स्वरुप अवस्थित छ।उग्रतारा महाशक्ति भएर पुजनिय रहेकी छन। उग्रतारा माताको योगिनीगण सधै सेवा गरिरहेका हुन्छ।उग्रतारा दस महाबिद्या सम्पन्न रहेकी छन। श्रीबिद्या युक्त भवानी उग्रताराको भीमसेनले भक्तिपुर्वक अर्चना गरे । उग्रतारा माताको प्रदोस र पुर्णिामा पुजा अर्चना गर्ने प्रचलन रहेकोछ । उग्रताराको विधि पुर्वक पुजन गर्ने मानिसले सिद्धी प्राप्त गर्दछन । भद्रा र चित्रा नदिको संगम संगै विश्वनाथ जगन्नाथका नामले सदाशिवको निवास रहेको छ । त्यतैतिर मणिपर्वत मा मणिलेकको निवास रहेको छ। देवालयको यात्रा निरन्तर अगाडि बढदै गयो । यसै गरि सहश्रलिङ्ग स्वरुप शिवजी,नवदुर्गा माता,गणेशजीको प्रथम पुजा भएको निवासस्थानमा पुजा अर्चना गरे । दुन्दुपर्वतमा खिटकेश्वर, बन्दुपर्वतमा महादेवको दर्शन गरे शिव पर्वतमा सिगास,सुरपर्वतमा सोमनाथ,एलातीर्थमा एलेसको दर्शन पुजा अर्चना गरे। धुन्धु पर्वतबाट प्रवाहित धुमावतीमा स्नान गरि यज्ञपर्वत मा देवादी देव शिवजीको अशिग्राम केदारको दर्शन गरे ।
परशुरामतीर्थ बराबरको तीर्थ तीनलोक्मा कहि छैन।यहाँ स्नान गर्नाले सय कुल सम्म सबै पाप बाट मुक्त भइ बैकुण्ठ जान्छन र भगवान बिष्णुको प्रिय भइन्छ भनि ब्यासजी ले स्कन्द पुराणको मानसखण्डमा उल्लेख गरेको प्रसंग सिद्धपुरुषले सुनाए पछि भीमसेनले पनि परशुरामतीर्थ बास,कुण्डमा स्नान,पित्री तर्पण लगायत यावत तीर्थ कार्य गरे । परशुरामतीर्थ स्नान पछि एला र पुतनाको संगममा रहेको एला तीर्थमा स्नान गरे त्यस पछि गोदावरी पुगी स्नान गरि गोबिन्दको पुजा गरे।सिद्धपुरुष र शिवयोगीबाट बिदा भई पाण्डवी वनमा पुगे ।
पाण्डवी वनमा प्रतिक्षारत दाजु युधिष्टिर सहित भाइहरु भएको ठाउमा पुगे दाजु लाई प्रणाम गरे, द्रोपती सहित भाईहरुलाई स्नेह पुर्वक माया गरि आशिर्वाद दिए ।कूर्माञ्चल यात्राको सबै वर्णन बिस्तार पुर्वक बताए।घटोत्कच र हिडम्बा समेत पुजनिय भएको बताए।यात्रा वर्णन गर्दै गर्दा सिद्धपुरुष र शिव योगीको प्रसंग सुनाउदा युधिष्टिर सोधे को थिए ती दुई ब्यक्तित्वको बारेमा? वहाँका बिषयमा आफुले केही नसोधेको भीमसेनले वताए। “सोध्नु पर्थ्यो त्यसरी सघाउने देवदुत नै हुनु पर्छ“राजाले भने ।प्रत्यक्ष साक्षात्कार हुदा सोधनी नभएका बिषयमा अनुमान बाहेक अरु केही थिए। सबै भाईहरु अनुमान लगाउन थाले।लामो समय यात्रा सहजीकरण गर्ने सघाउने कुनै निकट्स्थ ब्यक्तित्व हुनु पर्छ सबैको अनुमान थियो ।हाउ भाउ ,बोली व्यबहारले अडकल लगाउनु पर्ने थियो। “सिद्धपुरुष कृपाचार्य र शिवयोगी अश्वस्थामा हुनु पर्छ“ भीमसेनले अनुमान लगाए।पाण्डवहरुले सहयोग का लागि सिद्धपुरुष र शिवयोगीका प्रती कृतज्ञता ब्यक्त गरे।

(प्रस्तुत आलेख स्कन्दपुराणको मानसखण्ड मा आधारित छ)
कैलासकुमार पाण्डेय
परशुराम १२ डडेल्धुरा

bb

Leave A Reply

Your email address will not be published.