शुस्त गतिमा मदन भण्डारी लोकमार्ग : तिब्रताका लागि स्थानीयको जोड

पदम जोरा,डडेल्धुरा

राष्ट्रिय गौरवको आयोजना त्यसमा पनि राष्ट्रिय प्राथमिकता प्राप्त योजना हो मदन भण्डारी लोकमार्ग ।
उक्त मदन भण्डारी लोकमार्गको कार्य सुदुरपश्चिम प्रदेशको भु–भागमा तिब्र गतिमा हुन नसकेको प्रति स्थानीयले गुनसो गरेका छन ।
झापा देखि डडेल्धुरा सम्मको भित्री मधेस क्षेत्र जोड्दै जाने सडकको पुर्व तिर तिव्र गतिमा कार्य भैरहेको भए पनि सुदुरपश्चिम प्रदेशको भु–भागमा तिब्र गतिमा निर्माण कार्य नभएको स्थानीयहरुको भनाई छ ।
झापा देखि हेटौंडा सम्मको निर्माण कार्य सम्पन्न भएर चतरा, गाइघाट, कटारी, सिन्धुलीमाडी, हेटौंडा क्षेत्रमा नमुना सडक बनेको देख्न सकिन्छ ।
निर्माणकार्य पश्चिमको रुपाल बाट पनि हुनु पर्थ्यो तर हुन सकेको छैन । सरकारको उच्च प्राथमिकतामा रहेको मदन भण्डारी लोकमार्गको निर्माण कार्यको गतिले पश्चिम तिर तिव्रता पाउन सकेको छैन ।
भित्रिमधेषको रुपाल जोगबुडा सडक खण्डमा त लोकमार्गको काम कछुवाको तालमा भई रहेको छ ।
सडक बिभागले सरकारको पुरक बजेट र स्थानीय पालिकाको बजेट बाट ट्य्राक खोल्ने काम र प्रारम्भिक सर्वे बाहेक लोकमार्गको बाकि काम अगाडी बढेको पाइएको छैन ।
पछिल्लो समय पहाड तिरवाट दैनिक जसो बसाई सराइ भई रहेको छ ,पहाडका तमाम बस्ती खाली भैसकेका छन, भने तराईमा जनघनत्व निकै बढेको छ । बसाइँसराइको यो समस्या न्यूनीकरण गर्न पहाड तिर साना शहरको बिकास स्वास्थ शिक्षाको पहुचको बिकास सडक खानेपानी जस्ता पुर्वाधारको विकास निर्माणले बस्ती सुरक्षीत गर्न सकिने रणनीति अनुसार डडेलधुराको भित्रीमधेसका बस्ती जोड्दै बामपंथी नेता मदन भण्डारीको नाममा पश्चिमको रुपाल देखि पुर्वको झापा सम्मको सडकको अवधारणा बनाए संगै निर्माण कार्य पनि थालिएको छ ।
निर्माणकार्य पुर्व तिर मात्र अगाडि बढेको र पश्चिम तिर पहिचान पनि हुन सकेको छैन । यस आयोजनाको क्षेत्रमा रहेका रुपाल, जोगबुडा आलिताल, जोरायल जस्ता उत्पादनशिल भुमी र जनघनत्वका हिसाबले निकै महत्वका स्थान रहेका छन ।
यी बस्तीहरु एक आपसमा जोड्न सकिए ब्यापार, शिक्षा, स्वास्थ्यको पहुच वृद्धि गर्न सकिने थियो ।
हरेक बस्तीलाई तराई पहाड र पुर्व पश्चिम जोड्न सके बसाइँसराइको बढ्दो चापलाई कम गर्न सकिन्थ्यो ।
आयोजनाको सुर्खेत डिभिजनले हेर्नू पर्ने क्षेत्रमा निर्माणकार्य हुन नसकेको स्थानीयको गुनासो रहेको छ।
मदन भण्डारी लोकमार्ग आयोजनाको काम हुन्छ, भनेर स्थानीय तहबाट रकम बिनियोजन कठिनाइ भइरहेको परशुराम नगर पालिका नगर प्रमुख भरत बडायर जोशीको भनाइ छ ।
नगर क्षेत्रको महत्वपुर्ण सडक जोगबुडा परशुरामधाम जाने मुल बाटो त्यही कारणले सुधार बिस्तार गर्न नसकिएको नगर प्रमुख जोशीको गुनासो छ ।
यति ठुलो राष्ट्रिय गौरवको आयोजना हामी संग छ, भनी गर्व त गर्छौ । तिब्र गतिमा कार्यान्वयन नहुदाँ दुःख लाग्छ स्थानीय सामाजिक अगुवा कैलाश कुमार पाण्डेयको भनाई छ ।
अबिलम्ब यो आयोजनाको कार्य प्रारम्भ गर्नु पर्छ । हाम्रो मधेस झर्ने पुरानो बाटो सडकमा बिस्तार भएको र मदन भण्डारी लोकमार्ग बनेर छिटै सडक बन्ने भनेको त अहिले सम्म अलपत्र अवस्थामा भागेश्वर गा पा अध्यक्ष हेमराज चटौतले वताए ।
भागेश्वर गाउँपालिका, परशुराम नगरपालिका र आलिताल गाउँपालिकाको पुरानो सास्कृतिक सम्बन्ध,धार्मीक, ऐतिहासिक सम्बन्ध थप प्रगाढ हुन जाने र दुबै पालिकाको आर्थिक सामाजिक परिवर्तनमा टेवा पुग्ने जाने समाजशास्त्री कैलाशकुमार पाण्डेय बताए ।
पूर्वमा झापाको बाहुनडाँगी देखि सुदूरपश्चिम प्रदेश डडेल्धुराको रुपाल सम्म जोड्ने यस राजमार्गको अनुमानित लम्बाई १२ सय ४८ किलोमिटर रहेकोमा पछि थपिएको सडक सहित १३ सय ५२ किलोमिटरको हुनेछ । यो राजमार्गको रेखांकन चुरे क्षेत्रलाई आधार मानेर गरिएको हो ।
महेन्द्र राजमार्गको समान्तर र उत्तरतर्फ पूर्व–पश्चिम भएर जाने यो राजमार्गलाई बाह्रै महिना प्रयोग गर्न सकिने गरी रेखांकन गरिएको थियो ।
हाल मदन भण्डारी राजमार्ग आयोजनाले ७६१ किलोमिटर सडकको निर्माण कार्य गर्दै आइरहेको छ । बाँकी ६८५ किलोमिटर सडक विभाग अन्तरगतकै आयोजनाले हेरिरहेका छन् । जसमा १८५ वटा पुलको निर्माणसमेत गर्नुपर्ने छ ।
निर्धारीत क्षेत्रमा आयोजनाको काम नहुदा स्थानीय बासिन्दा मारमा परेका छन।राष्ट्रिय गौरवको र निकै महत्वको योजना समयमै शुरु गरिनु जरुरी छ।

bb

Leave A Reply

Your email address will not be published.