डडेल्धुराको परशुराममा सघन शहरी आयोजना सुरु

पदम जोरा,डडेल्धुरा

डडेल्धुराको परशुराम नगरपालिका वडा.न १२ र वडा.न ६ मा सघन शहरी आयोजना सुरु भएको छ ।
शहरी विकाश तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन इकाई धनगढी कार्यालय द्वारा ठेक्का प्रकृया वाट ५० करोड वजेट लागतमा उक्त आयोजना परशुराम नगरपालिका वडा.न १२ र वडा.न ६ लक्षित सुरु भएको छ ।
सघन सहरी आयोजना अन्तरगत परशुराम नगरपालिका वडा.न १२ स्थित जोगवुडा बसपार्क लालढुङ्गा वजार ढलनिकास, कालोपत्रे, सि.सि. क्यामरा जडान, स्टेटलाईट जडान समेत रहेकाछन ।
परशुराम वडा.न. १२ स्थित सिद्धाथान मन्दिर हुदै प.न.पा. ६ र ७ जोड्ने सडक खण्डको भास्कर खरिया (भुलाखरिया) सम्म कालोपत्रे गरीने भएको छ ।
उक्त सघन शहरी विकास आयोजना निर्माणको जिम्मा रायमाझी प्रशंसा जेभिले पाएको छ ।
करिब ५० करोड लागतमा उक्त आयोजना २ वर्षमा सम्पन्न गरि सक्नु पर्नेछ ।
उक्त सघन शहरी निर्माण आयोजनाको शनिवार परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशीले उदघाटन गरेकाछन ।
परशुराम नगरपालिकाका निर्वतमान मेयर भीमबहादुर साउँद नेतृत्व कार्यापालिकाले शहरी विकाश तथा भवन निर्माण विभाग संघिय कार्यालयमा आयोजनाको प्रस्ताव पेश गरेको थियो ।
उक्त आयोजना कार्यान्वयन गराउनमा मुख्य पहल नगर–प्रमुख भरत वडायर जोशीले काधमा रहेको छ ।
उक्त आयोजना सञ्चालनमा आए, परशुराम १२ स्मार्टसिटी र डिजिटल नगरपालिकामा चिनाउनमा केही सचाङ्क पुरा हुने भएकाछन ।

bb

Leave A Reply

Your email address will not be published.