पदम जोरा,डडेल्धुरा
नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराको अध्यक्षमा धनबहादुर भण्डारी चयन भएका छन् ।
प्रेस युनिन जिल्ला साखा डडेल्धुराका निवर्तमान जिल्ला अध्यक्ष समेत रहेका भण्डारी ट्रेड युनियन कांग्रेसको जिल्ला अधिवेशन मार्फत अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
यस्तै खुला उपाध्यक्षमा अरुण जोशी, महिला उपाध्यक्षमा पार्वती गुरुङ, सेवा समूह उपाध्यक्षमा लोकराज पनेरु, अनौपचारिक उपाध्यक्षमा उद्धव सिंह महरा, सचिवमा मानबहादुर साउँद, सह–सचिवमा भानबहादुर बिक र गोपालदत्त पनेरु, कोषाध्यक्षमा विष्णा उप्रेती र सह–कोषाध्यक्षमा देवकी माल चयन भएका छन् ।
यस्तै सदस्यहरुमा दानबहादुर बुढाऐर, मानबहादुर शाहु, पदमराज भट्टराई, पदम थलाल, शेरबहादुर बुढाऐर, कमल भण्डारी, सम्झाना पाण्डेय र सुनिल बुढाऐर चयन भएका छन् ।
शिवराज पाठक, हिक्मतबहादुर धामी र चेतराज भट्ट प्रदेश प्रतिनिधिमा चयन भएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराका निर्वतमान अध्यक्ष टेकराज पाण्डेयको अध्यक्षतामा नेपाल ट्रेड युनियन कांग्रेस डडेल्धुराको अधिबेसशन सुक्रवार डडेल्धुरा सदरमूकाममा समपन्न भएका हो ।
अधिबेशन उद्वघाटन कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका जिल्ला कार्य समिति सभापति भीमबहादुर साउँद रहनु भएको थियो ।
