प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी भन्दै भागेश्वर गाउँपालिकामा

डडेल्धुरा, बैशाख १६ ,
गाउँमा बेरोजगार रहेका ब्यक्तिलाई रोजगारी दिने उद्देश्यले स्थापना गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्न थालेको छ । स्थानीय ब्यक्तिहरुको गाउँमा रोजगारी पाउन थालेपछि आर्कषण बढ्न थालेको छ ।
‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँमै काम गर्ने अवसर पाउँदा हामी धेरै खुशी भएका छौं ।’ भागेश्वर ४ राजबहादुर भाटले भने, ‘त्यहीबाट आएको पैसाले घर खर्च चलाउन सजिलो भएको छ ।’ गाउँघरमा खेतबारी त छ तर त्यसबाट खसै घरपरिबार चलाउन धौ धौ परेको अवस्थाले तर प्रधानमन्त्री रोजगार कार्क्रमले भने केही राहत मिलेको छ र गाउँको विकासमा समेत टेवा पुगेको छ।हाल भागेश्वर गाउँपालिकामा तपसिलका योजनाहरु संचालन भएका छन ।

गाउँपालिका भरी संचालन भएका १८ वटा योजनाम १ सय भन्दा बढी युवायुवतीहरुलाई काममा सक्रिय भएको भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताउनु भयो ।
भारत तथा जिल्ला बाहिर गएर दैनिक मजदुरी गर्नु पर्ने बाध्यतालाई प्रधानमन्त्री रोजगार कार्यक्रमले केही हदसम्म स्थानीयको रोजगारी सृजना गरेको वडा नम्बर ४का वडा अध्यक्ष बसन्त राज चटौतले बताउनु भयो ।
आर्थिक बर्ष २०७९÷०८० मा संचालनका लागि वडा कार्यालयबाट सिफारिस भई आएका १२६ आयोजनाहरु र १५६ जना सुचिकृत व्यक्तिहरुको विवरण रोजगार व्यवस्थापन सुचना प्रणालीमा प्रविष्ट गरिएको छ ।

प्रत्येक वडा कार्यालयमा २० वटा श्रमिक समुह गठन गरि श्रमिकलाई बैंक खाता खोल्न लगाई लाभग्राही परिचय पत्र वितरण गर्ने काम पनि सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत भारतीले बताउनु भयो । बैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्दम गरी बसेका ४ जना उद्दमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा सिफारिस समेत गरिएको छ ।

bb

Leave A Reply

Your email address will not be published.