परशुराम नगरपालिकामा मेलमिलाप सम्वन्धि २ दिने अभिमुखीकरण कार्यक्रम सुरु

रुपा नेपाली,जोगबुडा


परशुराम नगरपालिकामा मेलमिलाप सम्वन्धि २ दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । परशुराम नगरपालिकाका १२ वटै वडामा गठित नयाँ मेलमिलाप समितिलाई २ दिने अभिमुखीकरण कार्यक्रम दिन लागिएको परशुराम नगरपालिकाका कानुन अधिकृत गोबिन्दराज जोशीले जानकारी दिए ।
परशुराम नगरपालिकाका कार्यवाहक नगर–प्रमुख तथा न्यायिक समिति संयोजक विमला कुमारी बोहरा (महता) को अध्यक्षतामा अभिमुखीकरण कार्यक्रम उद्घाटन गरीएको जोशीले जानकारी दिए ।
उक्त अभिमुखीकरण कार्यक्रमको सहजीकरण परशुराम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम प्रशाद र्अयाल , कानुन अधिकृत गोबिन्दराज जोशीले गरी रहुनु भएको छ ।
उक्त २ दिने अभिमुखीकरण कार्यक्रममा १२ वटै वडामा गठित मेलमिलाप समितिकोहरुको सहभागिता रहेको छ ।
वडा तथा समुदायमा घट्ने र मेलामिलाप समितिमा आउने बिभिन्न झै झगडा, विवाद समस्या समाधान, फौजदारी र देवानी मुद्वाहरु, न्यायिक तथा मेलामिलाप समितिको क्षेत्राअधिकारको विषयमा प्रशिक्षण दिन लागिएको कानुन अधिकृत जोशीले जानकारी दिए ।
परशुराम १२ शिद्वाथान स्थित नगरपालिकाको सभाहलमा अभिमुखीकरण कार्यक्रम उद्घाटन भएको छ ।

bb

Leave A Reply

Your email address will not be published.