भागेश्वर गाउँपालिकामा समावेशी योजना तर्जुमा गाेष्ठी सम्पन्न

डडेल्धुरा, बैशाख १३–
भागेश्वर गाउँपालिकामा समावेशी योजना प्रक्रिया सम्बन्धी बिशेषज्ञ सेवा कार्यशाला गोष्ठीमा सम्पन्न भएको छ । भागेश्वर गाउँपालिकाको अध्यक्ष हेमराज चटौतको अध्यक्षतामा सम्पन्न भएको कार्यशालामा गाउँपालिका जनप्रतिनिध र बिषयगतशाखाका प्रमुख गरी ४० जनाको सहभागिता रहेको थियो ।
सुदूरपश्चिम प्रदेश अनुसंधान तथा प्रशिक्षण प्रतिष्ठान डोटी र सुशासनका लागि क्षमता विकास कार्यक्रम जिआईजेट सिडीएसजी २को प्राबिधिक सहयोगमा संचालित कार्यक्रममा बजेट निर्माणमा समावेशीता बिषयमा छलफल गरिएको भागेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताउनु भयो ।

कार्यक्रमको प्रशिक्षण जिआईजेट सिडीएसजी २का प्रदेश संयोजक पशुपतिनाथ झा र पुर्णकला राईले गर्नु भएको थियो ।
नयाँ बजेट निर्माण प्रक्रिया शुरुहुदाँ समावेशतलाई ध्यान दिनेमा भागेश्वर गाउँपालिले अपनाउनु पर्ने बिषयमा ब्यापक छलफल भएको थियो ।

bb

Leave A Reply

Your email address will not be published.